काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ ।
सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले बिहीबारसम्म कुल ६ लाख ६६ हजार क्रियाशील सदस्यताको नवीकरण पूरा भएको जानकारी दिएका हुन् । उनका अनुसार यो कुल सदस्यताको करिब ७५ प्रतिशत हो ।
‘अहिलेसम्म करिब ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको छ,’ बिहीबार बसेको समितिको बैठकपछि रसाइलीले बताए । कांग्रेसमा हाल ८ लाख ८९ हजार क्रियाशील सदस्य रहेका छन् ।
उनका अनुसार छुटपुट रूपमा बाँकी रहेका दर्ता तथा केही स्थानमा देखिएका विवादहरू आन्तरिक छलफलमार्फत समाधान गर्ने निर्णय गरिएको छ । यसैगरी जनसम्पर्क समितिअन्तर्गत ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरबका क्रियाशील सदस्यतासम्बन्धी विषय पनि टुंगो लगाइएको छ ।
विवाद देखिएका सुर्खेत, काठमाडौँ क्षेत्र नम्बर ६ र पर्सा जिल्लामा भने नवीकरण फारम पठाएर केन्द्रमै नवीकरण गर्ने निर्णय भएको रसाइलीले जानकारी दिए ।
त्यस्तै जनता समाजवादी पार्टीबाट कांग्रेस प्रवेश गरेका सहसराम यादवलाई कपिलवस्तु जिल्लाका लागि ५७५ वटा क्रियाशील सदस्यता नवीकरण फारम उपलब्ध गराउने निर्णयसमेत गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - १८:१६
नेपालगञ्ज । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध...
चैत्र १६ गते, २०८२ - १८:१२
काठमाडौं । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सदनमा प्रतिनिधित्व ...
चैत्र १६ गते, २०८२ - १८:०८
काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...
चैत्र १६ गते, २०८२ - १८:०६
काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठकका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते...
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...



प्रतिकृया लेख्नुहोस्: