काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१ बाट निर्वाचित शर्माले बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा औपचारिक रूपमा आफू निर्वाचन नलड्ने जानकारी गराएका हुन् ।
झापा–१ बाट पुनः सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भए पनि शर्माले नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै उम्मेदवार नबन्ने अडान दोहोर्याएका छन् ।
बैठकमा बोल्दै शर्माले झापा क्षेत्रका नेता–कार्यकर्तालाई यसअघि नै उम्मेदवारीका लागि अगाडि आउन आग्रह गरिसकेको स्मरण गराए । ‘हिजो पुस ९ गते झापा पुगेँ । क्षेत्रीय भेलामै उम्मेदवार बन्ने इच्छा भएका साथीहरूलाई दाबी गर्न आग्रह गरेको छु,’ शर्माले भने, ‘एक वर्षअघि २०८१ पुस २१ गते मेचिनगरको धुलाबारीस्थित अतिथि सदनमा पनि म २०८४ को चुनावमा उम्मेदवार नबन्ने स्पष्ट घोषणा गरिसकेको थिएँ ।’
पुनः सर्वसम्मत सिफारिस भए पनि आफूले नयाँलाई अघि बढाउन चाहेको उनले बताए । ‘सर्वसम्मत रूपमा प्रस्ताव भए पनि नयाँ साथीहरूलाई अवसर दिन आफू उम्मेदवार नबन्ने कुरा स्पष्ट गरिसकेको छु,’ उनले भने ।
शर्माले नेपाली राजनीतिमा देखिँदै आएको ‘सधैँ उम्मेदवार बन्ने’ र ‘क्षेत्र कब्जा गर्ने’ प्रवृत्तिको खुलेर आलोचना गरे । ‘जिते पनि हारे पनि क्षेत्र नछोड्ने, एउटा क्षेत्रमा हारे अर्कोमा उम्मेदवार बन्ने, जीवनभर मन्त्री भइरहने सोच हाम्रो राजनीतिको विकृति हो,’ उनले भने, ‘यो प्रवृत्ति तोड्न जरुरी छ ।’
लगातार तीनपटक उम्मेदवार बनेकाले यसपटक आफू पछि हटेर अरूलाई अघि बढाउने निर्णय गरेको शर्माले जानकारी दिए । ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ,’ उनले भने, ‘यो पटक देशभर पार्टीका उम्मेदवारहरूको पक्षमा पुग्नेछु । चुनावमा अनुहार फेर्नुपर्छ, बढीभन्दा बढी युवा र नयाँलाई अवसर दिनुपर्छ ।’
शर्मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा–१ बाट ३९ हजार ६२४ मतसहित विजयी भएका थिए । उनले एमालेका अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका थिए । यसअघि दुईपटक पराजित भएपछि तेस्रो प्रयासमा शर्मा विजयी भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: