सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।
नातिनीलाई विद्यालयमा खाजा पुर्याएर साइकलमा घरतर्फ फर्कदै गर्दा जुटपानीस्थित लर्डव्राइड वीजडम बोर्डिङ स्कुल नजिक नवलपुरबाट मलङ्गवातर्फ जाँदै गरेको ना ७ ख ७३६९ नम्बरको ट्रकले ठक्कर दिँदा लालबन्दी नगरपालिका २ का ६९ वर्षीय मिन्दुक दोर्जे लोप्चनको मृत्यु भएको वडाध्यक्ष किरणकुमार पासवानले जानकारी दिए। दुर्घटना लगत्तै स्थानीयले ट्रकमा ढुङ्गामुढा गरेका छन्।
मृतक लोप्चनको शव अहिले घटनास्थलमै छ। इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले घटनास्थलको प्रकृति मुचुल्का सङ्कलन गर्ने काम गरिरहेको बताए।
दुर्घटनास्थलमा अहिले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ भएका छन्। वृद्धलाई ठक्कर दिने ट्रक पनि घटनास्थलमै छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १८:१५
काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...
बैशाख ७ गते, २०८३ - १८:०५
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...
बैशाख ७ गते, २०८३ - १७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...


प्रतिकृया लेख्नुहोस्: