बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।
राष्ट्रिय बाणिज्य बैङ्क कर्मचारी सङ्घ नेपालको १२ औं राष्ट्रिय महाधिवेशनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै महासचिव पोखरेलले नेपालमा पुराना राजनीतिक दल, नेतृत्व र मुख्य अङ्गहरुलाई कमजोर बनाउन खोजिएको टिप्पणी गर्नुभयो ।
महासचिव पोखरेलले भने, “राज्यका सुरक्षा निकायलाई पनि कमजोर बनाउन बिभिन्न चलखेल र प्रयोग गरिदैछ ।” उनले राजनीतिक दल र नेतृत्वप्रति आम नागरिकको आक्रोशको रुपमा मात्र बुझियो भने त्यो असत्य हुने दावी गरे। यो जनताको विद्रोह नभइ लामो तयारीपछिको षडयन्त्र भएको बताए।
उनले भदौं २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा हिंसात्मक गतिविधी कसरी भयो भनेर गहन अनुसन्धान जरुरी रहेको बताए । २३ गतेको घटनाको आक्रोशको रुपमा २४ गते भएको हो भनेर मान्न सकिने आधार नभएको उनको भनाइ छ ।
महासचिव पोखरेलले जेन्जीका नाममा अवकाशप्राप्त कर्मचारीले सरकारमा प्रतिनिधित्व गरेकोजस्तो एमालेको नेतृत्व नभएको टिप्पणी गरे। महासचिव पोखरेलले पपुलिज्मले समाजको हित गर्न नसक्ने भन्दै कुनै पनि देशमा पपुलिज्म विकल्प बन्न नसक्ने दबाबी गरे । उनले राजनीतिक दलहरु कहिल्यै पनि पुराना नहुने बताए ।
महाधिवेशनको उद्घाटनअघि नेपालगञ्जमा बिहान प्रभातफेरीको आयोजना भएको थियो । उनले पुँजी परिचालनमा बैङ्क तथा बित्तिय संस्थाले आम नागरिकलाई बिश्वास गर्न सक्ने अवस्थामा आए मात्र देशमा विकास र समृद्धि अघि बढ्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: