Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

फइल तस्विर
खबरडबली संवाददाता

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकमा प्रत्यक्ष उम्मेदवारका लागि १५ जनाले दाबी पेश गरेका छन्।

बैठकमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्ने विषयमा सर्वसम्मत सहमति जुट्न नसकेको कारण विवाद उत्पन्न भएको कार्यदलका एक नेताले बताए ।

नेपाली कम्युनिस्ट पार्टीले जिल्लाबाट प्रत्यक्ष तर्फ ५ र समानुपातिक तर्फ ४ जनाको नाम सिफारिस गर्न परिपत्र गरेको थियो। केन्द्रले शुक्रवारसम्म सर्वसम्मत नाम सिफारिस गर्न समय तोकेको भएपनि ओखलढुंगामा सहमती नजुट्दा कसैकाे नाम सिफारिस हुन नसकेकाे एक नेताले बताए । तर बैठकमा सर्वसम्मत नाम नबसेपछि दाबी पेश गर्ने उम्मेदवारहरू पछि हट्न तयार नभएका र जसका कारण विवाद बढाेकाे उनकाे भनाइ छ ।

विशेष रूपमा पूर्व प्रदेश सांसद मोहन कबुमार खड्का, रामहरि कार्की र सि. बि. कार्कीले भने सिङ्गल नाममा मात्र दाबी कायम रहने बताएका छन्।

केन्द्रले तोकिदिएको कार्यदलले शनिबार विहान पुनः छलफल गर्ने निर्णय गरेको छ। कार्यदलको बैठकले अन्तिम नाम टुंगो लगाउने अपेक्षा गरिएको छ।

शुक्रबार साँझसम्म सहमति प्रयास भए पनि सबै नेताहरुद् पछि हट्न नमानेका कारण बैठक स्थगित गरिएको एक नेताले बताए ।

नेकपा ओखलढुंगामा नेत्रप्रसाद भट्टराई, रामहरि कार्की, रामकुमार कार्की,  मोहन कुमार खड्का, निशान्त शर्मा, लोचन केसी, शन्त तामाङ, बिरेन्द्र मगर, मेख बहादुर खड्का, नबराज गुरुङ, सि. बि. कार्की, कृष्ण प्रसाद भट्टराई, उर्मिला बस्नेत राई, सपना बस्नेत, टंक खत्री लगायतका १५ जना नेताहरुले पार्टीकाे तर्फबाट आफु उमेदवार हुनु पर्ने दाबी गर्दै आफ्नाे नाम अगाडी हुनुपर्नेमा जाेड दिएका छन् ।

यसैगरी समानुपातिक तर्फ चम्पा कार्की, निर्मला श्रेष्ठ, सिताराम गुरुङ, नबराज खड्का र  मावर सुनुवारले दाबी गरी रहेका कारण सहमती हुन नसकेकेा नेकपाका एक नेताले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending