ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकमा प्रत्यक्ष उम्मेदवारका लागि १५ जनाले दाबी पेश गरेका छन्।
बैठकमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्ने विषयमा सर्वसम्मत सहमति जुट्न नसकेको कारण विवाद उत्पन्न भएको कार्यदलका एक नेताले बताए ।
नेपाली कम्युनिस्ट पार्टीले जिल्लाबाट प्रत्यक्ष तर्फ ५ र समानुपातिक तर्फ ४ जनाको नाम सिफारिस गर्न परिपत्र गरेको थियो। केन्द्रले शुक्रवारसम्म सर्वसम्मत नाम सिफारिस गर्न समय तोकेको भएपनि ओखलढुंगामा सहमती नजुट्दा कसैकाे नाम सिफारिस हुन नसकेकाे एक नेताले बताए । तर बैठकमा सर्वसम्मत नाम नबसेपछि दाबी पेश गर्ने उम्मेदवारहरू पछि हट्न तयार नभएका र जसका कारण विवाद बढाेकाे उनकाे भनाइ छ ।
विशेष रूपमा पूर्व प्रदेश सांसद मोहन कबुमार खड्का, रामहरि कार्की र सि. बि. कार्कीले भने सिङ्गल नाममा मात्र दाबी कायम रहने बताएका छन्।
केन्द्रले तोकिदिएको कार्यदलले शनिबार विहान पुनः छलफल गर्ने निर्णय गरेको छ। कार्यदलको बैठकले अन्तिम नाम टुंगो लगाउने अपेक्षा गरिएको छ।
शुक्रबार साँझसम्म सहमति प्रयास भए पनि सबै नेताहरुद् पछि हट्न नमानेका कारण बैठक स्थगित गरिएको एक नेताले बताए ।
नेकपा ओखलढुंगामा नेत्रप्रसाद भट्टराई, रामहरि कार्की, रामकुमार कार्की, मोहन कुमार खड्का, निशान्त शर्मा, लोचन केसी, शन्त तामाङ, बिरेन्द्र मगर, मेख बहादुर खड्का, नबराज गुरुङ, सि. बि. कार्की, कृष्ण प्रसाद भट्टराई, उर्मिला बस्नेत राई, सपना बस्नेत, टंक खत्री लगायतका १५ जना नेताहरुले पार्टीकाे तर्फबाट आफु उमेदवार हुनु पर्ने दाबी गर्दै आफ्नाे नाम अगाडी हुनुपर्नेमा जाेड दिएका छन् ।
यसैगरी समानुपातिक तर्फ चम्पा कार्की, निर्मला श्रेष्ठ, सिताराम गुरुङ, नबराज खड्का र मावर सुनुवारले दाबी गरी रहेका कारण सहमती हुन नसकेकेा नेकपाका एक नेताले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: