Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

खरबारी सुन्तला बगैँचामा परिणत

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्परागत खाद्यबाली खेती हुने बारीलाई सुन्तला बगैँचामा रुपान्तरण गरिएको हो । सुन्तलाखेतीले पाखो र खरबारीको रूप मात्र नभएर किसानको जिवनस्तरमा समेत सुधार ल्याएको छ ।

अगुवा किसान ओम गिरीले विगतमा खाद्यबाली लगाउने र पशुका लागि खरघाँस पाइने खरबारी रहेको पाखोमा स्थापना गरेको सुन्तलाले उत्पादन दिन थालेपछि अवस्था फेरिएको बताए । “पाँच सय सुन्तलाका बोट भएको मेरो बगैँचाबाट यसपालि करिब रु ११ लाखको सुन्तला बिक्री भयो”, उनले भने, “पहिले एक पाथी कोदो फल्ने बारीको पाटामा लगाएको सुन्तलाबाट रु एक लाख आम्दानी भयो ।”

गिरीका अनुसार सुन्तलाले बजार पाउन थालेपछि पछिल्लो समय घरवरपरको पाखोमा खरबारीमा झाडी फाडेर पनि बगैँचा विस्तार गर्ने क्रम बढेको छ । भेडाबारीको ४६ रोपनी पाखोबारी सुन्तला बगैँचामा परिणत भएको छ ।

भेडाबारीका तीन घर गिरी दाजुभाइको बगैँचाबाट यसपालि रु २५ लाखको सुन्तला बिक्री हुने अनुमान गरिएको उनले बताए । विसं २०४६ मा स्व रुद्र गिरीले भेडाबारीमा सुन्तलाखेती भित्र्याएका थिए । हजुरबुबाले सुरुआत गरेको सुन्तलाखेतीलाई उनका तीन भाइ छोरा र नौ भाइ नातिहरुले पनि निरन्तरता दिएको प्रेम गिरीले बताए ।

“अरु ठाउँमा बसाइँसराइका कारण गाउँका खेतबारी बाँझिएर झाडीमा परिणत भइरहेको अवस्थामा हामी पेसा, व्यवसायका लागि बजार झरेका छौँ । विदेशमा भए पनि सुन्तलाखेतीलाई निरन्तरतासँगै विस्तार पनि गरेका छौँ”, उनले भने, “नगदेबाली भएकाले बजारमा हुनेले फुर्सदको समयमा घरमा पुगेर श्रम गर्छौं, विदेशमा भएका दाजु, भाइले मजदुर लगाएर बगैँचा व्यवस्थापन र हेरचाह गर्नुभएको छ ।”

समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइमा पूर्व फर्किएको भिरालो पाखो भएको भेडाबारीको भूगोल, माटो र जमिन सुन्तलाखेतीका लागि उपयुक्त छ । सडक सुविधा विस्तारसँगै भेडाबारीको छिमेकी भोर्लेनी टोलका बासिन्दाले पनि सुन्तलाखेती विस्तार गरेका छन् । भोर्लेनीका किसानले स्थापना गरेको नयाँ बगैँचामा लगाएको सुन्तलाका बोटमा पनि फल लाग्न थालेको छ ।

विसं २०७३ मा भोर्लेनी र भेडाबारीलाई ‘सुन्तलाबारी’ घोषणा गरेर सुन्तलाखेती विस्तार अभियान चलाइएको प्रेमले बताए । सुन्तलाखेतीबाट विगतमा दैनिक गुजारा चलाउन पनि कठिन हुने आफूहरुको जीवनस्तरमा अहिले धेरै परिवर्तन आएको उनको अनुभव छ ।

मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि पोक हुँदै भोर्लेनी र भेडाबारी जोड्ने कच्ची सडक छ । सिँचाइका लागि पानीको स्रोत पर्याप्त छ । मङ्गला गाउँपालिकाको कृषि विकास शाखा र बेनीको कृषि विकास कार्यालयले प्राविधिक सहयोग गरेका छन् ।

गाउँमै गाडी पुग्ने भएपछि सुन्तलाको बजारीकरणमा सहज भएको छ । यस वर्ष प्रतिकिलो रु ७० का दरले त्यहाँको सुन्तला बगैँचा रोल्पाका फलफूल व्यवसायी बास्कर बुढाले ठेक्का लिए । स्वादिलो र रसिलो हुने भएकाले भेडाबारीको सुन्तला बिक्रीमा समस्या नभएको व्यवसायी बुढाले बताए । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

चीनद्वारा इन्टरनेट उपग्रह प्रक्षेपण

हाइनान । चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending