Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

खबरडबली संवाददाता

काठमाडौं । पटक–पटक र लामो छलफलपछि अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ‘एकता सहमति’ भएको छ। 

तर यो सहमतिमा भौतिक पूर्वाधार, ऊर्जा तथा सहरी विकास मन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टी (उनेपा) का संरक्षक कुलमान घिसिङ भने समेटिएनन्।

आइतबार बिहान उज्यालो नहुँदै भएको सातबुँदे सहमतिअनुसार एकतापछि दल र सभापति रास्वपाकै रहनेछन् भने भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने उल्लेख छ। सहमतिपत्रमा हस्ताक्षर हुनुअघि मध्यरातसम्म भएको छलफलमा कुलमान पनि सहभागी थिए।

तर अन्ततः उनी किन एकताबाहिर परे? जबकि रवि लामिछाने नक्खु कारागारमा रहँदा उनलाई रास्वपामा ल्याउन स्वयं लामिछानेसहित पार्टीका नेताहरूले प्रयास गरेका थिए।

बालेनको चाहना अनुसार कुलमानलाई रास्वपाको कार्यकारी सभापति बनाएर चुनावमा जाने प्रस्ताव अघि सारिएको थियो। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा रवि २०८१ कात्तिक २ गतेदेखि थुनामा थिए। त्यसबीच जेन–जी आन्दोलनपछि कांग्रेस–एमाले सरकार ढलेको थियो।

जेन–जीको मागअनुसार गठन भएको सुशीला कार्की नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको घोषणा गरेका थिए।

रवि जेलमा रहेका बेला रास्वपाको नेतृत्व कुलमानलाई दिएर चुनावमा जाने योजनाअनुसार बालेनका विश्वासपात्र कुमार बने नक्खु कारागार पुगेर कुलमानलाई सभापति बनाउने प्रस्ताव लगेका थिए। तर रविले त्यो प्रस्ताव अस्वीकार गरे।

त्यसपछि कार्यवाहक सभापति बनाउने प्रस्ताव पनि अघि सारियो, तर त्यसमा पनि सहमति जुट्न सकेन। रविले पार्टी कब्जा गर्न खोजिएको ठानेपछि कुलमानले अन्ततः अनुप उपाध्यायको अध्यक्षतामा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गराए।

हाल उनेपाले देशभर संगठन विस्तार गरिरहेको छ र पार्टी प्रचारमा कुलमान स्वयं सक्रिय देखिएका छन्। यसैबीच रवि जेलमुक्त भएपछि राजनीतिक गतिविधिमा सक्रिय भए तर उनले कुलमानसँग भेट नगरी बालेनसँग निरन्तर छलफल थाले।

गत सोमबारदेखि जारी छलफलका लागि बनेको कार्यदलमा रास्वपाबाट शिशिर खनाल र असिम साह तथा बालेन पक्षबाट भूपदेव यादव र कुमार व्यञ्जनकार समेटिए। तर कुलमान पक्षलाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै उनका निकट नेताहरू असन्तुष्ट देखिएका छन्।

शनिबार बालेनसँगको भेटपछि कुलमानले पहिलोपटक सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै ‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन’ भनेका थिए। उनले उज्यालो नेपाल पार्टीलाई समेट्न नसकिएकोप्रति पनि अप्रत्यक्ष असन्तुष्टि जनाए।

‘मैले मात्र एकता चाहेर हुँदैन, सबैले जनताको चाहना बुझ्नुपर्छ,’ उनले भने। उनले आफूहरूसँग रविको भन्दा बढी जनविश्वास रहेको दाबीसमेत गरे।

‘उहाँहरूसँग संरचना होला, तर हामीसँग जनताको विश्वास छ,’ कुलमानले भने, ‘जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो।’ सबैको अस्तित्व स्वीकारेर गरिएको एकता मात्रै दीर्घकालीन हुने उनको भनाइ छ।

रवि र बालेनको एकताप्रति असन्तुष्ट देखिएका कुलमानले पार्टीको केन्द्रीय समिति बैठक बोलाएर अन्य पार्टीमा विलय नहुने निर्णय गराएका छन्।

उनेपाले अब आफ्नै नेतृत्वमा वैकल्पिक र अग्रगामी शक्तिहरूलाई एक ठाउँमा ल्याउने पहल गर्ने निर्णय गरेको छ। पार्टीका एक नेताका अनुसार रास्वपालगायत सबै शक्तिलाई मिलेर जान आह्वान गरिएको छ, र आवश्यक परे सभापति तथा प्रधानमन्त्री पदसमेत छोड्न तयार रहेको सन्देश दिइएको छ।

‘हामीलाई पूर्ण रूपमा बेवास्ता गरियो,’ कुलमान निकट एक नेताले भने, ‘हामी धेरै लचक हुँदा रविले फाइदा उठाउन खोजे।’

अब उज्यालो नेपाल पार्टी संगठन विस्तार र चुनाव केन्द्रित रणनीतिमा अघि बढ्ने तयारीमा छ। पार्टीले समानुपातिक उम्मेदवारको नाम आइतबारसम्म टुंगो लगाउने जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending