Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

तथ्यमा आधारित समाचार अझ विश्वसनीय हुन्छ: मुख्यमन्त्री आचार्य

खबरडबली संवाददाता

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताएको छन् । उनले भने“ मोफसलको पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सृजना गर्नु आजको आवश्यकता छ ।” 

लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी ‘न्यूज फेस्टिभल’को आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले महोत्सवले पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री आचार्यले नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। सञ्चार क्षेत्रबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध कमजोर हुनसक्ने जनाउँदै सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने उनको भनाइ छ । सम्मेलन र संवादले सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

दुवै देशको सहअस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा पर्यटनको सम्भावना रहेको छ भने। लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

समृद्धि र विकासका लागि यस्तो सम्मेलन कोसेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे। मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनीको पर्यटन, सांस्कृतिक र सामाजिक विकासमा महोत्सवका बहसले नयाँ दिशा दिने बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षता आयोजित महोत्सवमा नेपाल र भारतमा कार्यरत पत्रकारहरूको सहभागिता छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छैटौँ पटक निर्वाचन प्रहरीमा खड्का

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–२ रातामाटा निवासी ५२ वर्षीय टेकबहादुर खड्का छैटौँ पटक निर्वाचन प्रहरीमा खटिएको छन् । वि.सं. २०५१ को मध्या...

महिला एसिया कप : नेपालको लगातार दोस्रो हार

काठमाडौँ। थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार खेपेको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मै...

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष रु ९० लाखको सुन्तला बिक्री गरे। जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधि...

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

गुल्मी। नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण स...

नेपालले वेस्ट इन्डिजलाई नेपालले दियो १३४ रनको सामान्य लक्ष्य

काठमाडौँ। सुरुवातमा खराब ब्याटिङको सामना गरेको नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेटका टेस्ट टोली वेस्ट इन्डिजलाई जितका लागि एक सय ३४ रनको सामान्य लक्ष...

अमेरिकाका पूर्वराष्ट्रपति ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना

वासिङ्टन। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट आफू र मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको भिडियो सार्...

यूक्रेन-रुस वार्ता: दीर्घकालीन शान्तिका लागि अवसर

किएभ। यूक्रेनका राष्ट्रपतिले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र सबैका लागि लाभ दायक’ हुने आशा व्यक्त गरेको छन् । उनले सबै पक्षले सकारात्मक र सहयोगी...

विराटनगरमा दुर्घटनाग्रस्त स्कोरपिओबाट ४२० किलो गाँजा बरामद

विराटनगर। शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ। बा८च ६...

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म...

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE