रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–२ रातामाटा निवासी ५२ वर्षीय टेकबहादुर खड्का छैटौँ पटक निर्वाचन प्रहरीमा खटिएको छन् । वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन म्यादी प्रहरीमा भर्ना भएका उहाँ आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुन: खटिएको हो ।
स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षाको जिम्मेवारी पाउँदा उहाँले गौरव महसुस गरेको छन् । खड्काले २०५१ सालको मध्यावधि निर्वाचन, २०७४ र २०७९ का विभिन्न तहका निर्वाचन तथा २०८२ को प्रतिनिधिसभा निर्वाचनमा कर्तव्यनिष्ठ भई खटिन पाउँदा खुसी लागेको बताए। देशको महत्त्वपूर्ण घडीमा सेवक भएर योगदान दिनु जिम्मेवार नागरिकको कर्तव्य भएको उनको बुझाइ छ ।
परिवारको लालनपालनका साथै राष्ट्रिय दायित्व निर्वाहका लागि आफूले निर्वाचन प्रहरी रोजेको खड्काले बताए। वैदेशिक रोजगारीका सिलसिलामा भारत, साउदी अरब र कतार रहेका बेला २०५६, २०६४ र २०७० का निर्वाचनमा योगदान गर्न नपाएकोमा उनलाई पछुतो छ । रुकुमपश्चिमस्थित सशस्त्र प्रहरी बल नेपाल ४७ नं. गुल्मले सञ्चालन गरेको निर्वाचन प्रहरी अनुशिक्षण तालिमको अन्तिम प्रवचन कार्यक्रममा खड्काले राष्ट्रलाई आवश्यक परेका बेला योगदान दिन पाउनु खुसीको विषय भएको उल्लेख गरे।
२०५१ को निर्वाचनमा सानीभेरी गाउँपालिका–१ को चाइनाबगरमा खटिएको स्मरण गर्दै खड्काले त्यस बेला सञ्चार, यातायात र नागरिक चेतनाको अभावमा सुरक्षा चुनौती बढी हुने गरेको सुनाए। मतदानस्थलको मुख्य प्रवेशद्वारमा खटिँदा ढुङ्गामुढा र नाराबाजी भए पनि भिडलाई सम्झाइबुझाई शान्तपूर्वक मतदान सम्पन्न गराएको अनुभव उनीसँग छ । उनले यसबीचमा बाँफिकोट, चौरजहारी र जिल्ला प्रहरीको निर्वाचन सेलमा रहेर सुरक्षाकर्मीको भूमिका निर्वाह गरिसक्नुभएको छ ।
खड्काले सेवा, सुविधा र जिम्मेवारीका हिसाबले पहिलेभन्दा अहिलेका निर्वाचन धेरै फरक रहेको बताए । २०५१ मा म्यादी प्रहरी हुँदा तीन हजार रुपियाँ पारिश्रमिक पाएको उनले स्मरण गरे। म्यादी प्रहरीको सट्टा 'निर्वाचन प्रहरी' भन्दा सुन्दा राम्रो लाग्ने र अहिलेको तालिम एवं अनुशासनले आफूलाई थप जिम्मेवार बनाएको उनको बुझाइ छ ।
सशस्त्र प्रहरी बल नेपाल ४७ नम्बर गुल्मका प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माले खड्काको अनुभव र देशप्रतिको भाव अन्य निर्वाचन प्रहरीका लागि प्रेरक रहेको बताए। अनुशासित र परिपक्व निर्वाचन प्रहरीका रूपमा चिनिने खड्काले सुनाउने सुरक्षा अनुभव अरूका लागि पनि शिक्षाप्रद हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १४:२७
ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...
फाल्गुन ३० गते, २०८२ - १४:०६
काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...
फाल्गुन ३० गते, २०८२ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...
फाल्गुन ३० गते, २०८२ - १३:१२
झापा। पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ...
फाल्गुन ३० गते, २०८२ - १३:०६
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिण–पूर्वी लेबननको अलज...
फाल्गुन ३० गते, २०८२ - १२:५२
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ। उक्त ...
फाल्गुन ३० गते, २०८२ - १२:३६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वा...
फाल्गुन ३० गते, २०८२ - १२:१०
हिले। सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झ...


प्रतिकृया लेख्नुहोस्: