धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन जानू भएकी वृद्धाको बाघले ज्यान लिएको हो ।
मृत्यु हुनेमा पुनर्वास नगरपालिका –६ की ७० वर्षीया सुना निरौला रहनु भएको प्रहरीले जानकारी दिएको छ । पुनर्वास नगरपालिका –६ स्थित आजाद नगरनजिककै जङ्गलमा बाघले आक्रमण गरेर वृद्धाको ज्यान लिएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज लोकेन्द्रसिंह कार्कीका अनुसार शनिबार घाँस–दाउरा लिन जङ्गल जानू भएकी वृद्धा साँझसम्म नफर्किएपछि स्थानीयसहित प्रहरी, आफन्तले खोजतलास गरेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेत खोजीकार्य गर्ने क्रममा आइतबार जङ्गलमा वृद्धाको शव भेटिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुका साथै प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । केही वर्ष अगाडि पनि दुधुवा नेशनल पार्कमा घाँस काट्न गएकी पुनर्वास नगरपालिकाको एक महिलाको बाघले ज्यान लिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - १४:००
रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–२ रातामाटा निवासी ५२ वर्षीय टेकबहादुर खड्का छैटौँ पटक निर्वाचन प्रहरीमा खटिएको छन् । वि.सं. २०५१ को मध्या...
फाल्गुन ३ गते, २०८२ - १३:४३
काठमाडौँ। थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार खेपेको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मै...
फाल्गुन ३ गते, २०८२ - १३:३३
तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष रु ९० लाखको सुन्तला बिक्री गरे। जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधि...
फाल्गुन ३ गते, २०८२ - १३:२०
गुल्मी। नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण स...
फाल्गुन ३ गते, २०८२ - १३:०८
काठमाडौँ। सुरुवातमा खराब ब्याटिङको सामना गरेको नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेटका टेस्ट टोली वेस्ट इन्डिजलाई जितका लागि एक सय ३४ रनको सामान्य लक्ष...
फाल्गुन ३ गते, २०८२ - १२:५९
वासिङ्टन। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट आफू र मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको भिडियो सार्...
फाल्गुन ३ गते, २०८२ - १२:४९
किएभ। यूक्रेनका राष्ट्रपतिले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र सबैका लागि लाभ दायक’ हुने आशा व्यक्त गरेको छन् । उनले सबै पक्षले सकारात्मक र सहयोगी...
फाल्गुन ३ गते, २०८२ - १२:४२
विराटनगर। शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ। बा८च ६...
फाल्गुन ३ गते, २०८२ - १२:२९
पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म...
फाल्गुन ३ गते, २०८२ - ११:३७
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्...



प्रतिकृया लेख्नुहोस्: