काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकासम्मलाई कांग्रेसले पुन: समेट्ने निर्णय गरेको हो।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको जानकारी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन्।
पार्टीका तल्ला कमिटीहरूलाई पठाइएको परिपत्रमा भनिएको छ, “विगतमा विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्किनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ। त्यसरी फर्किने साथीहरूलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ।”
बैठकले विभिन्न पेशा, व्यवसाय तथा विविध क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई पनि पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
परिपत्रमा भनिएको छ, “विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरूलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ। आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यावसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय नेपाली कांग्रेस गर्दछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - १४:००
रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–२ रातामाटा निवासी ५२ वर्षीय टेकबहादुर खड्का छैटौँ पटक निर्वाचन प्रहरीमा खटिएको छन् । वि.सं. २०५१ को मध्या...
फाल्गुन ३ गते, २०८२ - १३:४३
काठमाडौँ। थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार खेपेको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मै...
फाल्गुन ३ गते, २०८२ - १३:३३
तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष रु ९० लाखको सुन्तला बिक्री गरे। जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधि...
फाल्गुन ३ गते, २०८२ - १३:२०
गुल्मी। नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण स...
फाल्गुन ३ गते, २०८२ - १३:०८
काठमाडौँ। सुरुवातमा खराब ब्याटिङको सामना गरेको नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेटका टेस्ट टोली वेस्ट इन्डिजलाई जितका लागि एक सय ३४ रनको सामान्य लक्ष...
फाल्गुन ३ गते, २०८२ - १२:५९
वासिङ्टन। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट आफू र मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको भिडियो सार्...
फाल्गुन ३ गते, २०८२ - १२:४९
किएभ। यूक्रेनका राष्ट्रपतिले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र सबैका लागि लाभ दायक’ हुने आशा व्यक्त गरेको छन् । उनले सबै पक्षले सकारात्मक र सहयोगी...
फाल्गुन ३ गते, २०८२ - १२:४२
विराटनगर। शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ। बा८च ६...
फाल्गुन ३ गते, २०८२ - १२:२९
पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म...
फाल्गुन ३ गते, २०८२ - ११:३७
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्...



प्रतिकृया लेख्नुहोस्: