मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।
हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको सडकमा आयोजित चार दिने खाना महोत्सवको हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिन ।
महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख लामाले खाना महोत्सवले परम्परागत खाना र संस्कृतिका संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताइन । मकवानपुर होटल एसोसियसनका अध्यक्ष दिलिशगोविन्द जोशीले अङ्ग्रेजी नयाँ वर्षको स्वागतसँगै “सडकमै जाउँ, सडकमै खाऊ, सडकमै रमाउँ’ भन्ने नाराका साथ खाना महोत्सवको १२ औँ संस्करण आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय दिनेश चुके, हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उज्ज्वल चौलागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरमा अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुरगढी पर्यटन विकास समितिका अध्यक्ष केदार न्यौपानेलगायतले पर्यटन प्रवद्र्धनमा तीनै तहको सरकारको ठोस नीति आवश्यक भएको बताए ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै खानाको पारखीलाई एकै स्थानमा विभिन्न परिकारको प्रदर्शनी र बिक्री गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा विभिन्न समुदायको परम्परागत खानासँगै रैथाने बालीका खानाका परिकारका स्टल रहेको छ । ६० वटा स्टल रहेको महोत्सवको अवधिमा स्थानीय एवम् राष्ट्रिय कलाकारको प्रस्तुतिसहित विविध मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: