म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्षको उमेरमा हातमा लाठी लिएर बुकी उक्लेका नरेन्द्रको दैनिकी अहिले ६२ वर्षको उमेरमा पनि फेरिएको छैन।
बर्खामा चुरेन हिमालको फेदी र हिउँदमा गाउँ नजिकैका खर्कहरू चहार्नु नै उनको जीवनको लय बनेको छ। बाल्यकालदेखि नै गोठको जिम्मेवारी सम्हाल्दा उनले घर नजिकैको विद्यालयमा अक्षर चिन्ने मौका भने कहिल्यै पाएनन्।
नरेन्द्रको स्मृतिमा बालापनको रमाइलो भन्नु नै भेडाका पाठापाठीसँग खेलेका क्षणहरू मात्र छन्। आफ्नो जोस, जाँगर र तन्नेरी उमेर बुकीकै हिउँ र घामपानीमा बिताएका उनले गोठमै सिकिस्त बिरामी पर्दा समेत चरन क्षेत्र छोडेनन्।
कुनै समय ३ सयसम्म भेडा पालेका उनले अहिले गोठालाको अभाव र बढ्दो उमेरका कारण संख्या घटाएर २५ मा झारेका छन्। लेखपढ गर्न नपाउँदा भेडाको हिसाबकिताब र मूल्य तोक्न अलमल हुने गरेकोमा उनलाई अहिले ठूलो पछुतो लाग्छ। "स्कुल गएर पढ्न पाएको भए जिन्दगी भेडाको जस्तो हुने थिएन," उनी भन्छन्।
गोठको जीवन सोचेजस्तो सजिलो छैन। बर्खाको झरी र हिउँदको कठ्याङ्ग्रिदो जाडोमा वन्यजन्तुको आक्रमणबाट भेडा जोगाउनु निकै चुनौतीपूर्ण हुन्छ। चितुवासँग जुधेर मृत्युको मुखबाट जोगिएका अनुभव उनीसँग प्रशस्त छन्। भोटे कुकुरको साथले उनलाई जङ्गली जनावरबाट जोगिन मद्दत गरेको छ। नरेन्द्र जस्तै ६८ वर्षीय गोरे छन्त्यालले पनि पाँच दशकभन्दा बढी समय गोठमै बिताएका छन्। गुर्जाका करिब २० घरपरिवार अहिले पनि यस पुख्यौली पेसामा छन्, तर युवाहरू वैदेशिक रोजगारीमा पलायन भएपछि यो पेसा अहिले बुढापाकाको काँधमा मात्रै छ।
धवलागिरि गाउँपालिकाले भने यी परम्परागत घुम्ती गोठलाई जोगाउन केही प्रयासहरू सुरु गरेको छ। गोठालाहरूका लागि त्रिपाल, मोबाइल चार्ज गर्न सोलार, गोठ सुधार र भेडाहरूका लागि खोप अभियान जस्ता कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।
गुर्जा, लुलाङ, मुना र मुदी जस्ता क्षेत्रमा अझै पनि यो परम्परागत पशुपालन कायम छ। भेडा बेच्न बजार धाइरहनु पर्दैन, मासु र पूजाआजाका लागि ग्राहकहरू गोठमै पुग्ने गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: