Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

भाेजपुरमा विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम

खबरडबली संवाददाता

भोजपुर । जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।

जिल्ला निर्वाचन कार्यालयले आज भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिले जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ । मतदानको जानकारी र भोजपुरमा हुने निर्वाचनका विषयमा विद्यार्थीलाई जानकारी गराइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए। विद्यालयस्तरमा सञ्चालनमा हुने यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ ।

निर्वाचनसँग सम्बन्धितसँगै सुरक्षाका विषयमा गरिएको कार्यक्रममा प्रमुख सुवेदी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामा, विद्यालयका प्रधानाध्यापक ध्रु वराज रेग्मी, शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।

जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको कार्यक्रमले विद्यार्थीहरुलाई मतदाता शिक्षाका बारेमा जानकारी पाइएको प्रअ रेग्मीले बताए । जिल्लामा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल मतदाता एक लाख २५ हजार ७६६ कायम गरिएको छ । पुरुष मतदाताको सङ्ख्या ६५ हजार ७८८ र महिला ५९ हजार ९७७ र एक अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दम...

अन्तरिक्ष अनुसन्धानमा इरानको नयाँ कदम

तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्ष...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ९८ जना घाइते

मेक्सिको । मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ ज...

नेकपासहित नाै दलले बुझाए समानुपातिक उम्मेदवारको सूची

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगले समानुप...

रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण

भ्लाडिभोस्टक । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् ...

गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित

गाजा । गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending