काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको रणनीतिक महत्वका कारण छिमेकी मुलुकहरू र विश्वका शक्तिशाली देशहरूको चलखेल स्वाभाविक रहेको बताएका छन् ।
मंगलबार काठमाडौंको थापागाउँमा आयोजित मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाल उत्तर र दक्षिणतर्फ दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको रणनीतिक भू–अवस्थितिमा रहेकाले अन्तर्राष्ट्रिय चासो बढ्नु स्वाभाविक भएको उल्लेख गरे ।
‘नेपाल एकदमै रणनीतिक स्थानमा छ । उत्तर र दक्षिणमा दुई ठूला छिमेकी छन् । विश्वका शक्तिशाली देशहरूको पनि यहाँ चासो र चलखेल छ,’ उनले भने, ‘यसलाई छैन भनेर नकार्न मिल्दैन, यो स्वाभाविक हो ।’
डा. कोइरालाले विदेशी शक्तिहरूमा नेपाली राजनीतिज्ञप्रति चासो र चिन्ता दुवै रहेको उल्लेख गरे । ‘उनीहरूको गुनासो छ-हामी जनताप्रति इमानदार भएनौं, उनीहरूसँग पनि इमानदार भएनौं,’ उनले भने, ‘उनीहरूले सधैं भन्छन्— जनताप्रति इमानदार बन, जनताको काम राम्रोसँग गर, हामीलाई झुक्याउने काम नगर्नू ।’
राजनीतिज्ञहरू कुर्सीका लागि गलत कदम चाल्नेतर्फ उन्मुख भएको टिप्पणी गर्दै उनले अब बन्ने सरकारले गलत काम गर्नेहरूलाई दण्डित गर्ने र सही प्राथमिकतालाई अघि बढाउने विश्वास व्यक्त गरे । ‘ढुक्क हुनुस्, हामी गर्छौं, हामी सक्छौं,’ डा. कोइरालाले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १९:०९
मेलबर्न । अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो हप्तामा एक सय जना भन्दा बढीलाई पक्राउ गर्नुका साथै ३० वटा ह...
पौष १५ गते, २०८२ - १९:०८
डेट्रोइट । वैज्ञानिकहरूका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहासकै सबैभन्दा तातो तीन वर्षमध्ये एक बनेको छ । यस वर्ष...
पौष १५ गते, २०८२ - १९:०५
अमेरिका । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको द्विपक्षीय वार्ता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ...
पौष १५ गते, २०८२ - १९:०४
ओखलढुङ्गा । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ । स्थानीयका अनुसार अन्दाजी ६० वर्षका शोभितमान थापा मगर...
पौष १५ गते, २०८२ - १८:५९
काठमाडाैँ । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा व्य...
पौष १५ गते, २०८२ - १८:२५
हाेमबहादुर बस्नेत उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रौतामाई गाउँपालिकाको एकता सन्देश सभा रौतामाई–मुर्कुचीमा सम्पन्न भएको छ । मंगलबार रौतामाई ...
पौष १५ गते, २०८२ - १८:१२
दाङ । दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको रु ६५ लाख १७ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्याल...
पौष १५ गते, २०८२ - १७:३६
दार्चुला । दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा जि...
पौष १५ गते, २०८२ - १७:३४
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम मुलुकको विकास, समृद्धि र एकताका लाग...
पौष १५ गते, २०८२ - १७:३०
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, इतिहास तथा त्याग–बलिदानविहीन व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देश नै क...




प्रतिकृया लेख्नुहोस्: