Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

सोसल मिडियामा विचारविहीनहरूको होहल्ला बढ्यो: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, इतिहास तथा त्याग–बलिदानविहीन व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देश नै कब्जा गरिसक्यौँ भन्ने भ्रमपूर्ण होहल्ला फैलाइरहेको आरोप लगाएका छन् । 

रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद दिन मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । 

उनले सामाजिक सञ्जालमा फैलाइने हल्लाप्रति सचेत रहन आग्रह गर्दै भने, “अहिले सोसल मिडिया हेर्दा विचारविहीन, इतिहासविहीन, त्याग–तपस्या र बलिदानबाट टाढा रहेकाहरूले देश पूरै कब्जा गरिसकेजस्तो वातावरण बनाइएको छ । सहर–बजारका केही मानिस यस्तै हल्लामा रमाइरहेका छन् ।दशकौँको संघर्ष, आन्दोलन र बलिदानबाट स्थापित शक्तिलाई बदनाम गर्ने प्रयास भइरहेको छ ।”

प्रचण्डले सामाजिक सञ्जालमा होहल्ला फैलाउनेहरू नै मुक्तिदाता हुन् भन्ने झुटो प्रचार चलाइएको उल्लेख गरे । लामो इतिहास र बलियो वैचारिक आधार भएका पार्टीहरू सकिए भन्ने प्रचारलाई जनताले नपत्याएको उनको दाबी छ । “जनतामा अझै पनि नेपाली कम्युनिष्ट आन्दोलन र यसले अँगालेको विचारप्रति आकर्षण कायमै छ,” उनले भने । 

प्रचण्डले अहिलेको समय सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई) को भए पनि यसको प्रयोगप्रति गम्भीर सचेतना आवश्यक रहेको बताए । “एआईले मानव चेतनालाई नयाँ तहमा पुर्‍याइरहेको छ । तर, यसको प्रभाव, प्रभुत्व र स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ । हामी मोबाइल आफैँ चलाइरहेका छौँ, समाचार आफैँ पोस्ट गरिरहेका छौँ भन्ने लागे पनि यसको एकाधिकार वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादकै नियन्त्रणमा छ,” उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...

कृषि मन्त्रालयद्वारा दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...

४० हजार पर्यटक थेग्न सक्ने क्षमता भएको पोखरामा यस्तो छ नयाँ वर्षको तयारी

कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ ।  रङ्ग...

नवलपुरमा स्कारपियोको ठक्करबाट एककाे मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...

विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।  आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...

उदयपुरमा जंगली हात्ती गाउँ पस्दा झन्डै तीन लाखको क्षति

उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...

बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु  भएको हो। ...

काठमाडाैं उपत्यकामा भएका दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडाैं । उपत्यकाका तीन स्थानमा भएका दुर्घटनामा  तीनजनाको मृत्यु भएको छ। काठमाडौंको बुढानीलकण्ठ र टेकु तथा भक्तपुरको लोकन्थलीमा भएका दुर्घटनामा दुई ...

दाङमा विस्तार हुँदै स्ट्रबेरी खेती

दाङ । हरेक वर्ष स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी गर्दै आएका वीरेन्द्र खड्काले यस वर्ष पनि स्ट्रबेरी खेतीलाई निरन्तरता दिएका छन् । चार वर्षदेखि व्या...

गाजामा बायरन आँधीका कारण दुई लाख भन्दा बढी मानिस प्रभावित : युएनआरडब्लुए

न्युयोर्क । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending