अमेरिका । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको द्विपक्षीय वार्ता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
नेतान्याहूले इजरायली सरकारले ट्रम्पलाई शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताउदै ८० वर्षमा पहिलो पटक यो पुरस्कार गैर–इजरायली नागरिकलाई प्रस्ताव गरि शान्ति श्रेणी थप गरिएको बताएका छन् ।
सोमबार फ्लोरिडास्थित ट्रम्पको निवास मार–ए–लागोमा भएको द्विपक्षीय वार्ता पछि ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा नेतान्याहूले यस्तो घोषणा गरेको बताइएको छ भने ट्रम्पले यस सम्मानलाई अप्रत्याशित र प्रशंसनीय भन्दै प्रतिक्रिया दिएको बताइएको छ ।
राष्ट्रपति डोनाल्ड जे ट्रम्पले इजरायली र यहुदी जनताका लागि गरेको अपार योगदानका लागि यो पुरस्कार प्रदान गरेको शिक्षा मन्त्रीले औपचारिक रूपमा घोषणा गरेको नेतान्याहूले पुष्टि गरे ।
“यसले सम्पूर्ण क्षेत्रमा इजरायलीहरूको भावनालाई प्रतिबिम्बित गर्दछ, उनीहरूले इजरायललाई सहयोग गर्न र आतङ्कवादीहरू विरुद्धको हाम्रो साझा लडाइँको कदर गर्छन्,” उनले बताए।
ट्रम्पले प्रतिक्रिया दिँदै पुरस्कार आश्चर्यजनक र धेरै सराहनीय रहेको बताएका छन् ।
इजरायल पुरस्कार देशको सर्वोच्च नागरिक सम्मान हो, परम्परागत रूपमा विज्ञान, कला र मानविकी जस्ता क्षेत्रमा उत्कृष्टताका लागि इजरायली नागरिकहरूलाई प्रदान गरिन्छ । यद्देपी शान्ति श्रेणी यस अघि कहिल्यै प्रदान गरिएको थिएन । जुलाई २०२५ मा, इजरायलले पुरस्कारका लागि ट्रम्पको छनोट गर्दै विदेशी नागरिकलाई सम्मान दिन अनुमति दिन पुरस्कार नियमहरू संशोधन गरेको थियो ।
पुरस्कार प्राप्त गर्न ट्रम्पले इजरायलको स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने अपेक्षा गरिएको सिएनएनले जनाएको छ । शिक्षा मन्त्री योव किस्चले ट्रम्पलाई औपचारिक रूपमा निर्णयको जानकारी दिएसँगै उनले समारोहमा उपस्थित हुने विचार व्यक्त गरे ।
दुई नेताहरूबिच मतभेद रहेको भएता पनि ट्रम्प र नेतान्याहूले कब्जा गरिएको वेस्ट ब्याङ्कसहित गाजा शान्ति योजनाको दोस्रो चरणबारे पनि कुरा गरेको ट्रम्पले बताएका छन् ।
यसै विच नेतान्याहूले वार्ता अत्यधिक फलदायी भएको बताउदै ट्रम्पको भूमिकाको प्रशंसा गरेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - २०:२२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...
पौष १५ गते, २०८२ - २०:१९
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...
पौष १५ गते, २०८२ - २०:१५
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए । २०५२ साल ...
पौष १५ गते, २०८२ - १९:३९
भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...
पौष १५ गते, २०८२ - १९:३६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...
पौष १५ गते, २०८२ - १९:३३
कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्ग...
पौष १५ गते, २०८२ - १९:३०
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...
पौष १५ गते, २०८२ - १९:२८
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...
पौष १५ गते, २०८२ - १९:२६
उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...
पौष १५ गते, २०८२ - १९:२४
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु भएको हो। ...




प्रतिकृया लेख्नुहोस्: