ओखलढुंगा । श्री गाम्नाङ्टार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका सेयर सदस्य, सञ्चालक समिति तथा सरोकारवालाको सहभागिता रहेको थियो।
४०७ जना सेयर सदस्य रहेको यस सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार संस्थाको सेयर रकम ६ लाख ६ हजार रुपैयाँ, नियमित बचत २० लाख ५५ हजार ७१३ रुपैयाँ, ऐच्छिक बचत २६ लाख २ हजार ९८१ रुपैयाँ र बाल बचत ९ लाख ९२ हजार ८४९ रुपैयाँ पुगेको छ।
त्यसैगरी, संस्थाले सदस्यहरूलाई विभिन्न शीर्षकमा ६४ लाख ५५ हजार ४५८ रुपैयाँ बराबरको लगानी गरेको प्रतिवेदनमा उल्लेख छ। सहकारीले वित्तीय अनुशासन कायम गर्दै क्रमशः बचत र लगानी दुवै क्षेत्रमा विस्तार गर्दै आएको जनाएको छ। साधारणसभाले आगामी दिनमा संस्थालाई अझ सुदृढ बनाउने उद्देश्यसहित केही महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।
निर्णयअनुसार प्रति सदस्य सेयर रकम १ हजार ५०० रुपैयाँबाट बढाएर १ हजार ७०० रुपैयाँ पुर्याइने भएको छ। साथै, सबै सदस्यलाई प्रति महिना ५० रुपैयाँका दरले मासिक बचत अनिवार्य रूपमा जम्मा गर्न अनुरोध गरिएको छ।
सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राख्दै, कुनै सदस्यको परिवारमा निधन भएमा गाउँमा रहने सदस्यलाई प्रदान गरिँदै आएको निर्ब्याजी सहयोग रकम १० हजार रुपैयाँबाट बढाएर १५ हजार रुपैयाँ पुर्याउने निर्णय गरिएको छ। यसैगरी, नयाँ वर्षको अवसरमा भित्तेपत्रिका (क्यालेन्डर) प्रकाशन गर्ने, सदस्यहरूलाई प्रदान गरिँदै आएको ऋणको अधिकतम सीमा ६० हजार रुपैयाँबाट बढाएर १ लाख रुपैयाँ पुर्याउने तथा अवलोकन भ्रमणको व्यवस्था गर्ने निर्णय पनि साधारणसभाले गरेको छ।
सहकारीका पदाधिकारीहरूले सदस्यहरूको सक्रिय सहभागिता र विश्वासकै कारण संस्था निरन्तर प्रगतिपथमा अघि बढिरहेको भन्दै आगामी दिनमा अझ पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...



प्रतिकृया लेख्नुहोस्: