ओखलढुंगा । श्री गाम्नाङ्टार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका सेयर सदस्य, सञ्चालक समिति तथा सरोकारवालाको सहभागिता रहेको थियो।
४०७ जना सेयर सदस्य रहेको यस सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार संस्थाको सेयर रकम ६ लाख ६ हजार रुपैयाँ, नियमित बचत २० लाख ५५ हजार ७१३ रुपैयाँ, ऐच्छिक बचत २६ लाख २ हजार ९८१ रुपैयाँ र बाल बचत ९ लाख ९२ हजार ८४९ रुपैयाँ पुगेको छ।
त्यसैगरी, संस्थाले सदस्यहरूलाई विभिन्न शीर्षकमा ६४ लाख ५५ हजार ४५८ रुपैयाँ बराबरको लगानी गरेको प्रतिवेदनमा उल्लेख छ। सहकारीले वित्तीय अनुशासन कायम गर्दै क्रमशः बचत र लगानी दुवै क्षेत्रमा विस्तार गर्दै आएको जनाएको छ। साधारणसभाले आगामी दिनमा संस्थालाई अझ सुदृढ बनाउने उद्देश्यसहित केही महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।
निर्णयअनुसार प्रति सदस्य सेयर रकम १ हजार ५०० रुपैयाँबाट बढाएर १ हजार ७०० रुपैयाँ पुर्याइने भएको छ। साथै, सबै सदस्यलाई प्रति महिना ५० रुपैयाँका दरले मासिक बचत अनिवार्य रूपमा जम्मा गर्न अनुरोध गरिएको छ।
सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राख्दै, कुनै सदस्यको परिवारमा निधन भएमा गाउँमा रहने सदस्यलाई प्रदान गरिँदै आएको निर्ब्याजी सहयोग रकम १० हजार रुपैयाँबाट बढाएर १५ हजार रुपैयाँ पुर्याउने निर्णय गरिएको छ। यसैगरी, नयाँ वर्षको अवसरमा भित्तेपत्रिका (क्यालेन्डर) प्रकाशन गर्ने, सदस्यहरूलाई प्रदान गरिँदै आएको ऋणको अधिकतम सीमा ६० हजार रुपैयाँबाट बढाएर १ लाख रुपैयाँ पुर्याउने तथा अवलोकन भ्रमणको व्यवस्था गर्ने निर्णय पनि साधारणसभाले गरेको छ।
सहकारीका पदाधिकारीहरूले सदस्यहरूको सक्रिय सहभागिता र विश्वासकै कारण संस्था निरन्तर प्रगतिपथमा अघि बढिरहेको भन्दै आगामी दिनमा अझ पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ११:१०
ओखलढुंगा । श्री गाम्नाङ्टार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका सेयर सदस्य, सञ्चालक समित...
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...




प्रतिकृया लेख्नुहोस्: