Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

कहिले हुन्छ मुगुको नाग्म गमगढी सडक कालोपत्रे ?

खबरडबली संवाददाता

मुगु। नाग्म गमगढीको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आएका छन् । तर उनीहरूको आवाज सरकारले सुन्दैन । मुगुबाट विघटित तत्कालीन सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, प्रदेश सभा सदस्य तथा तत्कालीन कर्णाली प्रदेशका पर्यटन मन्त्री जितबहादुर मल्लले नाग्मदेखि गमगढी लोगमार्गलाई स्तरोन्नति गर्न पटकपटक माग गर्दै आएको छन् ।   

तत्कालीन मन्त्री शाहीले भने, ‘‘नाग्मदेखि गमगढीसम्म सडक स्तरोन्नति नहुँदा हजारौं नागरिकदेखि रारा घुम्न आउँने पर्यटकले समस्या खेप्नुपरेको छ । सडक स्तरोन्नति नभएकै कारण सवारी दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाएका छन् । यो मृत्यु मार्गलाई कहिले राजमार्गमा परिणत गर्ने हो ?’’

तत्कालीन सङ्घीय सांसद शाहीका अनुसार नाग्म गमगढी लोगमार्गलाई छिटोछरितो स्तरोन्नति गर्नलाई सम्बन्धित मन्त्रालयसँग समन्वय भइरहेको छ ।

साँघुरो र खाल्डाखुल्डीका कारण लोगमार्गमा यात्रा गर्ने यात्रुले हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मेको सामाना गर्दै आएका छन् । नाग्म–गमगढी सडक सञ्चालन आएको वर्षौं दिन बितिसक्यो, तर सम्बन्धित निकायले कालोपत्रे गर्नेतर्फ ध्यान दिन नसकेको मुगमकार्मारोङ गाउँपालिका वडा नं– ८ का यात्रु रामसिंङ रोकायाले बताए।

त्यस्तै, जिल्ला नागरिक समाजका संयोजकसमेत रहेका निवृत्त शिक्षक रुपबहादुर मल्लले  नाग्म–गमगढी लोगमार्ग इन्जिनियरिङ मापदण्डअनुसार नै काम नभएको बताउछन् ।

सडक एक लेनको मात्र हुँदा यात्रा जोखिमपूर्ण बनेको मल्लको भनाइ छ । ‘‘लोगमार्ग एक लेनको छ, धुमरौंमा दुर्घटना बढ्ने जोखिम छ । माटोको परीक्षण नभई सडक खनिएका कारण पहिरो जाने समस्या उत्तिकै छ,’’ उनले भने, ‘सडक फराकिलो बनाउन सकिने ठाउँहरू भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।’’

सडकलाई कम्तीमा दुई लेनको बनाउनुपर्ने उहाँको माग छ । मल्लका अनुसार गत  असोजमा नाग्म–गमगढी लोगमार्गअन्तर्गत पिना गाउँको तपनेखोलामा ३२ जना यात्रुले गाडी दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

लोगमार्गमा पक्की पुल निर्माण नहुँदा, खाल्डाखुल्डी र साँघुरो मोड एक लाइन सडकले दुर्घटनाको जोखिम उच्च रहेको सवारीचालक हेमराज हमालले बताए।

यता सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख दीपेन्द्र चौधरीका अनुसार नाग्म गमगढी लोगमार्गलाई छिटोछरितो स्तरोन्नति गर्न यो आर्थिक वर्ष पनि सम्बन्धित मन्त्रालयले बजेटको व्यवस्थापन गरेको छैन । छायाँनाथ रारा नगरपालिका–८का  स्थानीय  समाजसेवी अमरबहादुर रावलले लोगमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूले दु:ख पाइरहेको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ शेराटार बस दुर्घटना अपडेट: २ जनाको मृत्यु, २७ घाइते पोखरा रिफर

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २७ जना घाइतेलाई पोखरा रिफर गरिएको छ। पोखराबाट भैरहवा...

उद्योगी शेखर गोल्छाविरुद्ध ४ दिनको म्याद थप, धितोपत्र मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ। गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट केन्द्रीय अनुसन्धान ब्य...

ढुक्क हुनुस्, वास्तविक सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा ...

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित, शृङ्खला बराबरीमा टुङ्गियो

काठमाडौँ। नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल...

विवादित सीडीएससीकी कार्यकारी प्रमुख पन्दाकलाई फिर्ता बोलाइयो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।...

साँखुमा प्रहरीले गोली प्रहार

काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो ले अपरेसनका क्रम...

यस्तो छ सुकुम्वासी बस्ती खाली गर्न सरकारको ११ बुँदे योजना

काठमाडौं । सरकारले उपत्यकाभित्र रहेका अव्यवस्थित बस्ती हटाएर व्यवस्थित गर्न सबै सरोकारवाला निकायलाई समेटेर विस्तृत कार्ययोजना तयार गरेको छ। शहरी वि...

तनहुँको शेराफाँटमा बस दुर्घटना

काठमाडौं । तनहुँको शेराफाँट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुस...

विपिन जोशीका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...

एमाले संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending