काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताएको छन्। उनले यस अवस्थाबाट बाहिर निस्कन गम्भीर समीक्षा र धैर्यपूर्ण राजनीतिक निकास आवश्यक रहेको बताएको हो।
भट्टराईले अहिलेको सङ्कटलाई सामान्य राजनीतिक उतार–चढावको रूपमा मात्र हेर्न नहुने उल्लेख गरे। ‘यतिबेला नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दल र स्वयं हामी व्यक्तिहरू पनि इतिहासकै कठिन क्षणबाट गुज्रिरहेका छौँ, यस अवस्थालाई सही दिशामा लैजान गम्भीर समीक्षा र धैर्य अनिवार्य छ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छन्।
यही पृष्ठभूमिमा नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको एजेन्डा आफूहरूले अघि सारेको उनको दाबी छ। उक्त प्रस्तावले राजनीतिक वृत्त, सञ्चारजगत, बौद्धिक समुदाय र आम जनसमुदायमा व्यापक बहस सिर्जना गरेको उनको भनाइ छ । ‘हामीले अघि सारेको प्रस्तावले नेपालको राजनीतिक वृत्त, सञ्चारजगत, बुद्धिजीवी तथा आम जनसमुदायको पर्याप्त ध्यानाकर्षण गरेको छ, आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने छ’ उनले उल्लेख गरेको छन् ।
उहाँले पार्टी पङ्तिलाई विचलित नहुन आग्रह गर्दै एमालेको एकता जोगाउने दिशामा आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका खेल्न आग्रह गरेको छन्। ‘म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्नो तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु’ भट्टराईको अनुरोध छ।
उपमहासचिव भट्टराईले आफूहरूले उठाएका मुद्दा केवल आन्तरिक शक्ति सन्तुलनका लागि नभई जनभावनासँग प्रत्यक्ष जोडिएको दाबी गरेको छन्। ‘हामीले उठाएका मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको छ, निकट भविष्यमै पार्टी पङ्तिबाट पनि यी प्रस्तावहरू अनुमोदन हुने छन्’ उनले लेखेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १५:३७
ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...
पौष १६ गते, २०८२ - १५:१६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...
पौष १६ गते, २०८२ - १५:१०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...
पौष १६ गते, २०८२ - १४:४०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको सूचीमा भएका त्रुटि सच्याइने बताए...
पौष १६ गते, २०८२ - १४:०६
सुलीकोट। गोरखाको बारपाक–लाप्राक सडक खण्डमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । सोमबार बारपाकबाट लाप्राकतर्फ जाँदै गरेको ना। ५ ख। ९२७१ नम्बरको ट...
पौष १६ गते, २०८२ - १३:५८
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताएको छन्। ...
पौष १६ गते, २०८२ - १३:३५
जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन्। यससँगै प्रदेश सरकार मुख्यमन्त्र...
पौष १६ गते, २०८२ - १३:२५
कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने अदालतमा तारिख बुझ्न पोखरा आइपुगेका छन्। अदालतका सूचना अधिकारी रामबहादुर किसान भ...
पौष १६ गते, २०८२ - १३:०३
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्। उनले मेलमिलाप दिव...
पौष १६ गते, २०८२ - १२:५०
विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी चुनाव लड्न नपाउने भनी सामाजिक स...




प्रतिकृया लेख्नुहोस्: