Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

मुलुक निर्वाचनतर्फ गयो, अब के होला भन्ने अन्यौलता छैन: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएको हो। 

संयोजक दाहालले अब मुलुकमा के होला भन्ने अन्यौलता हटेको र सबै राजनीतिक दल र आम जनतालाई निर्वाचनतिर लैजाने वातावरण बनाएको भन्दै सरकारप्रति आभार समेत व्यक्त गरे। 

प्रचण्डले भने, ‘अब के होला भन्ने अन्यौल भन्दा अब निर्वाचनको तयारीतिर देश गएको छ। अहिले शान्ति, स्थायित्व र समृद्धिका धेरै भाषणा गर्नुभन्दा यो बारे हामीले धेरै कुरा गरिसकेका छौं।’ 

सरकारले धेरै खालका जटिलता, चुनौतीहरु, समस्या, अपठयारा झेल्दै निर्वाचनको वातावरण बनाएको संयोजक दाहालको निष्कर्ष थियो।

उनले भने, ‘सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रका सबै प्रतिनिधि, मिडियाकर्मी पनि सबै बसेर एउटा सर्वपक्षीय सहमतीद्वारा अगाडि बढने संकल्प गर्ने वातावरण बनाउने भएको मैले महसुस गरेको छु। अब अहिले त देश अन्यौलमा छैन भन्ने हामी सबैलाई लागेको छ। प्रधानमन्त्रीज्यू र सरकारलाई विशेष धन्यवाद भन्न चाहन्छु तपाईंहरुलाई निकै अप्ठयारो भएको महसुस हामीले गरेका छौँ। धेरै खालका जटिलताहरु, चुनौतीहरु, समस्याहरु, अपठयाराहरु झेल्दै निर्वाचन नै हो देशलाई निकास दिने अर्को होइन भनेर जो दृढता तपाईहरुले पर्दशन गरे। अब सबै राजनीतिक दल र आम जनता पनि निर्वाचनको मानसिकतामा अघि बढने वातावरण बनाए।’ 

प्रचण्डले निजी क्षेत्रलाई संरक्षण गर्नुपर्नमा जोड दिए। अवसरमा संयोजक दाहालले निजी क्षेत्रको संरक्षण विना मुलुकलाई समृद्ध बनाउन सकिने अवस्था नरहेको पनि स्पष्ट पारे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ शेराटार बस दुर्घटना अपडेट: २ जनाको मृत्यु, २७ घाइते पोखरा रिफर

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २७ जना घाइतेलाई पोखरा रिफर गरिएको छ। पोखराबाट भैरहवा...

उद्योगी शेखर गोल्छाविरुद्ध ४ दिनको म्याद थप, धितोपत्र मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ। गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट केन्द्रीय अनुसन्धान ब्य...

ढुक्क हुनुस्, वास्तविक सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा ...

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित, शृङ्खला बराबरीमा टुङ्गियो

काठमाडौँ। नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल...

विवादित सीडीएससीकी कार्यकारी प्रमुख पन्दाकलाई फिर्ता बोलाइयो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।...

साँखुमा प्रहरीले गोली प्रहार

काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो ले अपरेसनका क्रम...

यस्तो छ सुकुम्वासी बस्ती खाली गर्न सरकारको ११ बुँदे योजना

काठमाडौं । सरकारले उपत्यकाभित्र रहेका अव्यवस्थित बस्ती हटाएर व्यवस्थित गर्न सबै सरोकारवाला निकायलाई समेटेर विस्तृत कार्ययोजना तयार गरेको छ। शहरी वि...

तनहुँको शेराफाँटमा बस दुर्घटना

काठमाडौं । तनहुँको शेराफाँट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुस...

विपिन जोशीका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...

एमाले संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending