Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

वर्तमान संकट समाधान गर्न राष्ट्रिय सहमति अपरिहार्य: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान राजनीतिक तथा आर्थिक संकट समाधानका लागि राष्ट्रिय र सर्वपक्षीय सहमति अपरिहार्य रहेको बताएका छन् । 

बुधबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले गत भदौमा भएको जनजीविका आन्दोलनले राजनीतिक नेतृत्व तथा समाजका स्थापित संघसंस्थाहरूलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य पारेको बताए । “यो आन्दोलनले हामीलाई दुई वटा विकल्प दिएको छ-कि त आफ्ना कमजोरीहरू सच्याएर नयाँ सङ्कल्पका साथ अघि बढ्ने, कि इतिहासको मञ्चबाट पन्छिने,” उनले भने । 

आन्दोलनले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्न सबै पक्ष गम्भीर हुनुपर्ने उनले जोड दिए । उनले आफ्ना कमजोरीहरू कहाँ छन् र तिनलाई कसरी सच्याउने भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने बताए । जनता र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने वा इतिहासमा आफ्नो औचित्य सकिएको मान्दै पन्छिने बेला आएको उनको भनाइ थियो ।

मुलुक अन्योलबाट मुक्त हुँदै निर्वाचनको दिशामा अघि बढेको भन्दै उनले सरकारको कदमको प्रशंसा गरे । निर्वाचन नै देशको निकास र स्थायित्वको मुख्य आधार भएको उनले बताए । “स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ जनादेश प्राप्त गर्नु र त्यसैमार्फत संविधान तथा कानुनका सीमा र कमीहरूलाई सच्याउनु नै आजको मुख्य आवश्यकता हो,” उनले भने । 

निजी क्षेत्रको सुरक्षा र प्रोत्साहनबिना समृद्धि सम्भव नभएको उनले स्वीकार गरे । संविधानमा निजी, सार्वजनिक र सहकारी क्षेत्रको तीन खम्बे अर्थनीति उल्लेख भए पनि व्यवहारमा निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोणमा कमी–कमजोरी रहेको उनले बताए । “निजी क्षेत्रलाई प्रोत्साहित गरिएन र लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धिका कुरा केवल भाषणमा मात्र सीमित हुनेछन्,” उनले थपे । 

निर्वाचनमा जान वा अन्य निकास खोज्नका लागि राजनीतिक दल, सरकार, निजी क्षेत्र र नागरिक समाजबीच साझा सहमति आवश्यक रहेको उनले बताए । संविधान जारी भएको १० वर्ष पुगेको अवसरमा यसको समीक्षा गरी नयाँ संसद्बाट आवश्यक संशोधन गर्दै अघि बढ्ने सङ्कल्प गर्नुपर्ने उनको भनाइ थियो ।

गत भदौको प्रदर्शनमा भएको घुसपैठ र विध्वंसप्रति सङ्केत गर्दै उनले मुलुकको संवेदनशीलतालाई बुझेर सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

लिचीबारी भ्रष्टाचार: पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश दिइएको छ । बु...

विद्यार्थीलाई ३० रुपैयाँमा खाना

पोखरा । महँगीको वर्तमान समयमा कास्कीको माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई मात्र ३० रुपैयाँमा एक छाक पोसिलो खाना खुवाउँदै आए...

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

म्याग्दी । यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तला खेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत...

जोहरान ममदानी न्युयोर्कको मेयर

न्युयोर्क । अमेरिकी वामपन्थी युवा अग्रगामी जोहरान ममदानीले बुधबार न्युयोर्कको मेयर पदभार ग्रहण गर्न लागेका छन् । सन् २०२६ को मध्यरातमा ममदानीले संयुक्...

माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध

माली । माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका यात्रा प्रतिबन्धको प्रतिकार स्वरूप अमेरिकी नागरिकहरूको आफ्ना देशमा प्रवे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending