चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रतिशतले घटेको छ । यही सङ्कटका बीच पोल्ट्री व्यवसायीले १३औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेका छन् ।
नेपालमा आधुनिक कुखुरापालन सुरु भएको पुस १७ गतेलाई विगत १२ वर्षदेखि राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मनाइँदै आएको छ । विसं २०१७ साल पुस १७ गते बाराको पर्वानीपुरमा तत्कालीन सरकारको पहलमा सेन्ट्रल ह्याचरीको औपचारिक उद्घाटनसँगै आधुनिक पोल्ट्री व्यवसायको थालनी भएको हो ।
विश्वव्यापी कोभिड–१९ महामारीपछि निरन्तर ओरालो लागेको पोल्ट्री व्यवसायबाट हालसम्म सयौँ व्यवसायी पलायन भइसकेका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेका अनुसार पहिले हप्तामा ४५ देखि ५० लाखसम्म उत्पादन हुने ब्रोइलर चल्ला अहिले घटेर करिब ३० लाखमा सीमित भएको छ । यस्तै, सातामा दुई लाखभन्दा बढी उत्पादन हुने लेयर्स चल्लाको सङ्ख्या घटेर एक लाखदेखि एक लाख २० हजारमा झरेको छ ।
देशभर करिब तीन सय रहेका ह्याचरीमध्ये दुई सयभन्दा बढी बन्द भइसकेका छन् । अन्डा उत्पादक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुनै समय दैनिक ६० लाख गोटासम्म उत्पादन हुने अन्डा हाल मुस्किलले ३७ लाख गोटामा सीमित भएको छ । उपभोक्ताले बजारमा अन्डाको मूल्य बढेको अनुभव गरिरहेका बेला कृषकले भने आफ्नो लागतसमेत उठाउन नसकिरहेको अवस्था रहेको उनले बताए ।
दानाको कच्चा पदार्थमा आत्मनिर्भर बन्ने दिशामा देश अघि बढिरहेको दाबी दाना उद्योग सङ्घका अध्यक्ष उमेशचन्द्र सापकोटाले गरे । उनका अनुसार आगामी तीन वर्षभित्र भटमासबाहेक दानाका अधिकांश कच्चा पदार्थमा नेपाल आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ । करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी रहेको अनुमान गरिएको पोल्ट्री व्यवसायबाट वार्षिक एक खर्ब २५ अर्ब रुपैयाँ बराबरको उत्पादन हुँदै आएको छ भने करिब ४५ अर्ब रुपैयाँको कच्चा पदार्थ आयात हुने गरेको छ । पछिल्ला केही वर्षयता कच्चा पदार्थको आयात करिब ४५ प्रतिशतले घटेको उनको भनाइ छ ।
नेपाल पोल्ट्री व्यवसायी मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले कुखुरापालन क्षेत्रले हाल ठूलो आर्थिक क्षति बेहोरिरहेको बताए । “बाहिरबाट हेर्दा जस्तो देखिन्छ, वास्तविक अवस्था त्योभन्दा धेरै भयावह छ,” उनले भने ।
नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार आत्मनिर्भर मानिएको यस व्यवसायमा सयौँ रोजगारी गुमिसकेका छन् । देशको कुल गार्हस्थ उत्पादनमा करिब २.९ प्रतिशत योगदान रहेको यो क्षेत्रप्रति राज्य उदासीन रहेको उनको आरोप छ । कच्चा पदार्थ आयातमा कर छुट, अवैध चल्ला, मासु र अन्डाको आयात नियन्त्रणमा कडाइ गर्नुपर्ने उनले औँल्याए ।
साथै, अति संवेदनशील भ्याक्सिनको सहज आयात व्यवस्था गर्न सरकारसँग माग गर्दै उनले सरकारबाट आयात अनुमति नदिँदा व्यवसायी लुकिछिपी भित्र्याइएका भ्याक्सिन प्रयोग गर्न बाध्य भएको बताए । “यो विषय सरकारलाई पनि थाहा छ, तर वर्षौंदेखि आयात प्रतिबन्ध हटाउन चासो देखाइएको छैन,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...




प्रतिकृया लेख्नुहोस्: