Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते

खबरडबली संवाददाता

कञ्चनपुर। कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएको छन् । घाइते हुनेमा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटास्थित शुक्रराज टोलका ४० वर्षीय छक्कु डगौरा हुन्छन् ।

बुधबार राति ९:३० बजेको समयमा शुक्रराज टोलमा आएको जङ्गली हात्ती भगाउने क्रममा डगौरालाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हात्तीको आक्रमणबाट डगौराको टाउको, अनुहार, छाती र हातमा चोट लागेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका डगौराको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती बस्तीमा प्रवेश गरे नधपाउन र क्षति पुग्न गए विवरण सहित कार्यालयमा पठाउन आग्रह गरेको छ । जनावरबाट क्षति पुगेको विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको निकुञ्जको कार्यालयलका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विपिन जोशीका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...

एमाले संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...

सिन्धुली हिरासत मृत्यु प्रकरण: छानबिन समिति गठन

काठमाडौं । नेपाल प्रहरी ले सिन्धुली हिरासतमा भएको एक युवकको मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ। सुनकोशी गाउँपालिका–३, सिन्धुलीका २२ वर...

एमाले प्रमुख सचेतकमा महर मनोनीत

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगर...

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौँ। धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्...

धान रोपााइँका लागि रासायनिक मलको अभाव हुँदैन : मन्त्री चौधरी

काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपााइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने स्पष्ट पारेको छिन् । राष्ट्रिय सभा अन...

नेपाली कांग्रेसको संसदीय दल नेताको निर्वाचन स्थगित

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज तय गरिएको निर्वाचन स्थगित भएको छ। अब निर्वाचन कहिले हुने भन्ने नयाँ मिति तोकिएको छैन। नि...

श्रम संस्कृति पार्टी सुकुम्वासीको पक्षमा हामी हुनेछ: सांसद आरेन राई

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई पुगेका छन्। सरकारले उक्त क्षेत्रमा रहेका सुकुमवासी बस्ती हट...

वास्तविक सुकुम्वासी छुट्याएर १५ दिनभित्रै व्यवस्थापन गर्ने सरकारको योजना

साँझ ७ बजेसम्म खाली गर्नुस्, सामान ढुवानी प्रहरीले गरिदिन्छ

सुकुमवासी हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट, तत्काल कार्यान्वयन नगर्न माग

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गरिरहेका सुकुमवासीहरूलाई हठात रूपमा हटाउने सरकारी निर्देशनविरुद्ध जेनजी अधिकारकर्मी र कानून व्यवसायी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending