Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

रास्वपाको समानुपातिक सूचीबाट टासी लाक्पा शेर्पाले गरे नाम फिर्ता लिने घोषणा

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले आफ्नो नाम फिर्ता लिन चाहेको बताएका छन्।

फोर्टिन पिक्स एक्सपिडिसनका सीईओ टासीले सामाजिक सञ्जालमार्फत दलगत राजनीतिमा रुचि नराख्ने जनाउँदै उम्मेदवार सूचीबाट नाम हटाउन आग्रह गरेका हुन्। उनले एक साधारण नागरिकको रूपमा आफ्नै कर्ममार्फत देशका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

टासीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर दलगत राजनीतिमा रुचि नराख्ने बताएका छन् । उनले लेखेका छन्, ‘मलाई पनि प्रतिनिधि सभा सदस्यको लागि समानुपातिकमा मेरो नाम छनोट गर्नु भएकोमा धन्यवाद । तर म दलगत राजनीतिमा रुचि नराख्ने भएकाले मेरो नाम सूचीबाट फिर्ता लिन चाहन्छु ।’

उनले थप लेखेका छन्, ‘म सधैं मेरो देशको उन्नतिका लागि आफ्नै तरिकाले सहयोग गर्न प्रतिबद्ध रहनेछु र म एक साधारण नागरिकको रूपमा, आफ्नो कर्ममार्फत देशको लागि सक्दो योगदान दिनेछु ।’

टासी, केही दिनअघि रास्वपामा प्रवेश गरेका पर्वतारोही मिङ्मा शेर्पाका भाइ हुन्। रास्वपाको समानुपातिक सूचीमा नातावाद हावी भएको आरोप लागिरहेका बेला टासीको नाम फिर्ता लिने घोषणालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विपिन जोशीका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...

एमाले संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...

सिन्धुली हिरासत मृत्यु प्रकरण: छानबिन समिति गठन

काठमाडौं । नेपाल प्रहरी ले सिन्धुली हिरासतमा भएको एक युवकको मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ। सुनकोशी गाउँपालिका–३, सिन्धुलीका २२ वर...

एमाले प्रमुख सचेतकमा महर मनोनीत

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगर...

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौँ। धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्...

धान रोपााइँका लागि रासायनिक मलको अभाव हुँदैन : मन्त्री चौधरी

काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपााइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने स्पष्ट पारेको छिन् । राष्ट्रिय सभा अन...

नेपाली कांग्रेसको संसदीय दल नेताको निर्वाचन स्थगित

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज तय गरिएको निर्वाचन स्थगित भएको छ। अब निर्वाचन कहिले हुने भन्ने नयाँ मिति तोकिएको छैन। नि...

श्रम संस्कृति पार्टी सुकुम्वासीको पक्षमा हामी हुनेछ: सांसद आरेन राई

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई पुगेका छन्। सरकारले उक्त क्षेत्रमा रहेका सुकुमवासी बस्ती हट...

वास्तविक सुकुम्वासी छुट्याएर १५ दिनभित्रै व्यवस्थापन गर्ने सरकारको योजना

साँझ ७ बजेसम्म खाली गर्नुस्, सामान ढुवानी प्रहरीले गरिदिन्छ

सुकुमवासी हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट, तत्काल कार्यान्वयन नगर्न माग

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गरिरहेका सुकुमवासीहरूलाई हठात रूपमा हटाउने सरकारी निर्देशनविरुद्ध जेनजी अधिकारकर्मी र कानून व्यवसायी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending