Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

खबरडबली संवाददाता

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ ।

शुक्लाफाँटा-६ का वडाध्यक्ष दानसिंह ऐरका अनुसार जनताको तटबन्ध कार्यालयमार्फत रु ८० लाख लागतमा १५० मिटर, सङ्घीय आयोजनाअन्तर्गत रु पाँच लाख लागतमा २५ मिटर र प्रदेश सरकारको आयोजनाअन्तर्गत रु १५ लाख लागतमा ५० मिटर तटबन्ध निर्माण भइरहेको छ । 

टोटी नालामा रु १० लाखभन्दा बढीको लागतमा करिब ४० मिटर तटबन्ध निर्माणको तयारी गरिएको उनले जानकारी दिए। वडाध्यक्ष ऐरले वर्षाका बेला तीव्र भू-क्षय हुँदै आएको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी तटबन्ध निर्माण अघि बढाइएको बताउँदै दोस्रो प्राथमिकतामा सार्वजनिक जग्गा तथा बगर संरक्षण क्षेत्रलाई समेटिएको उल्लेख गरे।

स्थानीय बन्दा रानाले स्याली नदीले बर्सेनि वर्षातका बेला जग्गा कटान गर्दा ठूलो समस्या भोग्नु परेको भन्दै अब समस्या समाधान हुने विश्वास व्यक्त गरे। भू-क्षयको समस्या वडा कार्यालयमा राखेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको पहलमा तटबन्ध निर्माण हुन थालेको उनको भनाइ छ ।

स्याली नदीमा निर्माण भइरहेका तटबन्ध आयोजनाले सार्वजनिक सडक जोगिनुका साथै दुई सयभन्दा बढी स्थानीयको जग्गा भूक्षयबाट सुरक्षित हुने अपेक्षा गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विपिन जोशीका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...

एमाले संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...

सिन्धुली हिरासत मृत्यु प्रकरण: छानबिन समिति गठन

काठमाडौं । नेपाल प्रहरी ले सिन्धुली हिरासतमा भएको एक युवकको मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ। सुनकोशी गाउँपालिका–३, सिन्धुलीका २२ वर...

एमाले प्रमुख सचेतकमा महर मनोनीत

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगर...

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौँ। धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्...

धान रोपााइँका लागि रासायनिक मलको अभाव हुँदैन : मन्त्री चौधरी

काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपााइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने स्पष्ट पारेको छिन् । राष्ट्रिय सभा अन...

नेपाली कांग्रेसको संसदीय दल नेताको निर्वाचन स्थगित

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज तय गरिएको निर्वाचन स्थगित भएको छ। अब निर्वाचन कहिले हुने भन्ने नयाँ मिति तोकिएको छैन। नि...

श्रम संस्कृति पार्टी सुकुम्वासीको पक्षमा हामी हुनेछ: सांसद आरेन राई

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई पुगेका छन्। सरकारले उक्त क्षेत्रमा रहेका सुकुमवासी बस्ती हट...

वास्तविक सुकुम्वासी छुट्याएर १५ दिनभित्रै व्यवस्थापन गर्ने सरकारको योजना

साँझ ७ बजेसम्म खाली गर्नुस्, सामान ढुवानी प्रहरीले गरिदिन्छ

सुकुमवासी हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट, तत्काल कार्यान्वयन नगर्न माग

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गरिरहेका सुकुमवासीहरूलाई हठात रूपमा हटाउने सरकारी निर्देशनविरुद्ध जेनजी अधिकारकर्मी र कानून व्यवसायी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending