बाँके। लुम्विनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार कार्यालयले किरण नालामा पक्की पुल निर्माण सम्पन्न गरेपछि बाँकेको खजुरा र जानकी गाउँपालिकाको हजारौं बासिन्दालाई आवागमनमा सहजता भएको छ ।
पुल निर्माणको काम सम्पन्न भएपछि खजुरा गाउँपालिका–४, ई गाउँ, चल्तुवा, पार्वतीपुर, जानकी गाउँपालिका वडा ४ छत्ररपुर, लाइनपुर, गिजरा लगायतका दर्जनौं गाउँका हजारौं बासिन्दालाई सहजता भएको खजुरा-४, ई गाउँका वीरबहादुर बिसीले जानकारी दिए।
स्थानीय बासिन्दा बिसीले भने, “किरण नालामा पक्की पुल निर्माण सम्पन्न भएपछि कोहलपुर र नेपालगन्ज पुग्न समेत सहज भएको छ, वर्षायाममा पारीगाउँ जानका लागि ५–७ किलोमिटर टाढा जानुपर्ने बाध्यता हटेको छ ।”
यो पुल निर्माण कम्पनीको ढिलाइ र पुल निर्माणमा प्राविधिक समस्या आएपछि सम्झौताभन्दा ढिलो गरी निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि गाल्वा सिद्धार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते पाँच करोड ३२ लाख रुपियाँमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।
सम्झौताको समयअवधीसम्म जगको विवादका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको हो । पुलको जगको गुणस्तरमा आशङ्का गरिएकोमा गतवर्ष विज्ञ टोलीबाट परीक्षण गरी निर्माण कार्य अघि बढाइएको हो । लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रत्न खत्रीले प्रदेश सरकारले पुल निर्माण कार्यलाई प्राथमिकता दिएको बताए।
केही स्थानमा निर्माण व्यवसायीले ढिलाइ गरिरहेको भन्दै उनले सम्बद्ध कार्यालय मार्फत निर्माण व्यवसायीलाई ताकेता गरिरहेको बताए । किरण नालामा पुल निर्माण भए पनि दायाबायाँ पहुँच सडक निर्माण गरिनु पर्ने भन्दै उनले त्यसका लागि पहल भइरहेको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...
पौष १७ गते, २०८२ - १४:११
काठमाडौं । नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीमा विभिन्न २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको पाइएको छ। निर्वाचन आयोगका अनुसार एमालेले पेश गरेको...
पौष १७ गते, २०८२ - १३:३८
काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरूद्ध स्थानीय बासिन्...
पौष १७ गते, २०८२ - १३:०६
बाँके। लुम्विनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार कार्यालयले किरण नालामा पक्की पुल निर्माण सम्पन्न गरेपछि बाँकेको खजुरा ...
पौष १७ गते, २०८२ - १२:४८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको खोला किनार मापदण्ड कार्यान्वयनको निर्णयको विरोधमा सरोकारवालाले माइतीघरमा पुन: प्रदर्शन गरेका छन्। सर्वोच्च अदालत...
पौष १७ गते, २०८२ - १२:३०
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न ख...
पौष १७ गते, २०८२ - १२:२१
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २...




प्रतिकृया लेख्नुहोस्: