Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

लालपुर्जावाला नदीकिनारका जनतालाई सुकुम्बासि नबनाउ: दीपशिखा

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरूद्ध स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्। विहिबार माइतीघरमा भएको पीडितको प्रदर्शनमा राजनीतिक दलका नेताहरूले समेत साथ दिएका छन् ।

आगामी ल २१ फागुनको चुनावका लागि भक्तपुर २ बाट सिफारिस भएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामप्रसाद सापकोटा दीपशिखा पनि प्रदर्शनमा पुगेका छन् । 'लालपुर्जा भएको आफ्नै जग्गामा शरणार्थी बन्न पर्ने अवस्था कहिलेसम्म ? सापकोटाले भनि प्रश्न गरेका छन् । उनले भने 'सर्वोच्चको २० मिटर थप मापदण्डले ५ लाख नागरिकको उठीबास लगाउँदैछ। यो निर्णयले धार्मिक सम्पदा र जनताको थातथलो दुवैलाई संकटमा पारेको छ। ​अव्यवहारिक मापदण्ड खारेज गरी जनताको सम्पत्तिको अधिकार सुनिश्चित गरियोस् र उक्त निर्णय पुनरावलोकन हुनुपर्ने उनको माग छ ।

गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समितिु को ब्यानरमा सडकमा आएका प्रदर्शनकारीले 'फैसला होइन न्याय देऊ' र 'मापदण्डका नाममा जनता विस्थापित गर्न पाइँदैनु जस्ता नारा लगाउँदै प्रदर्शन गरेका छन्।  यो मापदण्डले खोला किनारका वर्षौंदेखि बसोबार गरिरहेका स्थानीय बासिन्दाको उठिबास लाग्ने उनीहरूको भनाइ छ। यसबाट हजारौँ स्थानीय बासिन्दा पीडित हुने संघर्ष समितिले जनाएको छ।

यसअघि सर्वोच्च अदालतले खोला किनारबाट थप २० मिटर क्षेत्रमा निर्माण कार्य रोक्न आदेश दिएको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कारसहित दुई कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...

रास्वपाको सचिवालय विस्तार, सागर ढकाल र श्री ज्ञवाली थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...

रास्वपाले संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनको आश्वासन: कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...

उपदान र पेन्सन योजनाका लागि कोष र माइक्रोफाइनान्सबीच सम्झौता

काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending