मुस्ताङ । सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घटेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार सन् २०२५ मा माथिल्लो मुस्ताङमा पाँच दशमलव ३९ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या घटेको हो ।
सन् २०२५ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा माथिल्लो मुस्ताङमा ६५ राष्ट्रका तीन हजार ८७२ विदेशी नागरिकले भ्रमण गरेका थिए । यसअघि सन् २०२४ मा चार हजार ९३ यहाँ आएका एक्यापको तथ्याङ्क छ ।
कार्यालयका अनुसार सन् २०२५ मा मुस्ताङ जिल्लामा भित्रिएका कुल विदेशी पर्यटक सङ्ख्याको अनुपातमा दुई दशमलव २४ प्रतिशतले मात्रै माथिल्लो मुस्ताङ भ्रमण गरेका छन् । जिल्लामा अघिल्लो वर्षको तुलनामा सन् २०२५ मा २५ हजार ४०३ जना अर्थात् १८ दशमलव ७१ प्रतिशतले पर्यटक सङ्ख्या वृद्धि हुँदै गर्दा सन् २०२५ मा माथिल्लो मुस्ताङमा पाँच दशमलव ३९ ले पर्यटक सङ्ख्या घट्न पुगेको कार्यालयले जनाएकाे छ ।
जिल्लामा सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएका थिए । गत भदौ २३ र २४ जेनजी आन्दोलनको प्रभाव र मौसम प्रतिकूलताका कारण पर्यटकको सङ्ख्या घटेको अनुमान रहेको एक्याप लोमान्थाङले जनाएकाे छ ।
यस वर्षको पर्यटकीय याममा बेमौसमी वर्षाका कारण जोमसोम–कोरला राष्ट्रिय राजमार्ग सडक बाढी÷पहिरोका कारण दर्जनौँ स्थानमा सडक अवरुद्ध भएको थियो । यसैगरी, गत कात्तिक १० गतेको बेमौसमी हिमपातपछि स्थानीय प्रशासनले उच्चस्थानका क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको थियो । यसले गर्दा पनि सन् २०२५ को पछिल्लो चार महिना पर्यटकको उपस्थित निकै कम भएको पौडेलले बताए ।
यहाँ सन् २०२० मा ६२ जना, सन् २०२१ मा ३३७ जना, सन् २०२२ मा तीन हजार ११२ जना र सन् २०२३ मा तीन हजार ४८४ ले यहाँ भ्रमण गरेका थिए । उत्तरी कोरला नाकासँग जोडिएको माथिल्लो मुस्ताङका दुई पालिका र बारागुङ मुक्तिक्षेत्रको कागबेनीदेखि माथिल्लो क्षेत्र निषेधित तथा नियन्त्रित क्षेत्र हो ।
यहाँ जिल्लामा भित्रिएका विदेशी पर्यटकमध्ये ९७ प्रतिशत पर्यटक कागबेनी र मुक्तिनाथबाट फर्किने गरेका छन् । यहाँका पर्यटन व्यवसायीले नेपाल सरकार अध्यागमन विभागले विदेशी पर्यटकलाई १० दिनका लागि प्रतिव्यक्ति रु ५०० अमेरिकी डलर प्रवेशाज्ञा शुल्क लिने गरेको छ ।
यो शुल्क महँगो भएकाले पनि पर्यटकले माथिल्लो मुस्ताङ भ्रमण गर्न समस्या मान्ने गरेको व्यवसायीले गुनासो गर्छन् । विगतदेखि नै यहाँका पर्यटन व्यवसायी र जनप्रतिनिधिले शुल्कलगायत व्यवस्थापकीय पक्षमा सरकारको ध्यानआकर्षण गराउँदै आएका लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।
जेनजी आन्दोलनपछि भने सरकारले यहाँ आउने विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्क ५०० डलरलाई समायोजन गरी प्रतिव्यक्ति प्रतिदिन ५० डलर उठाउने निर्णय गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: