Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्तो छ व्रत सुरु गर्ने विधि

खबरडबली संवाददाता

काठमाडौँ । हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु महिलाहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्परा रहिआएको छ। तिथिका आधारमा मनाइने भएकाले यो पर्व प्रत्येक वर्ष फरक–फरक मितिमा पर्दछ। यस वर्ष आजबाट सुरु भएको श्रीस्वस्थानी व्रत माघ १८ गते पूर्णिमाका दिन समापन हुनेछ।

यस अवधिमा व्रत बस्दा तथा कथा श्रवण गर्दा सत्य मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने, धर्मपालन र भक्ति मार्गमा मन केन्द्रित हुने धार्मिक विश्वास छ।

पौराणिक मान्यताअनुसार श्रीस्वस्थानी व्रतको सुरुवात सत्ययुगमा भएको मानिन्छ। हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गर्दै श्रीस्वस्थानी माताको व्रत लिएको शास्त्रहरूमा उल्लेख छ। लामो समयसम्मको व्रत, साधना र संयमपछि पार्वतीको मनोकामना पूरा भई भगवान् शिवसँग विवाह भएको विश्वास गरिन्छ। यही कारण यो व्रतलाई मनोकामना पूर्ति गराउने व्रतका रूपमा लिइन्छ।

मार्कण्डेय पुराणको हिमवत् खण्डमा श्रीस्वस्थानी व्रतको विधि, महत्त्व र कथाहरू विस्तारपूर्वक वर्णन गरिएको छ। यस व्रतले सत्य, धैर्य, संयम र धर्मको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास छ।

परम्परागत रूपमा विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य तथा परिवारको समृद्धिका लागि यो व्रत बस्ने गर्दछन्। अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्ति, सफल विवाह र जीवनमा स्थायित्वको कामनासहित व्रत लिने चलन छ। पछिल्लो समय अध्ययनमा सफलता, रोजगारी, व्यापार उन्नति, स्वास्थ्य लाभ, विदेश यात्रा, सन्तान प्राप्ति, मानसिक शान्ति तथा पारिवारिक सुख–शान्तिका लागि समेत श्रद्धालुहरूले श्रीस्वस्थानी व्रत बस्ने गरेका छन्। यसलाई बाह्य पूजामात्र नभई आत्मसंयम र आत्मशुद्धिको माध्यमका रूपमा समेत लिइन्छ।

व्रत सुरु गर्ने विधि

शास्त्रीय विधानअनुसार श्रीस्वस्थानी व्रत सुरु गर्नुभन्दा एक दिनअघि हात–खुट्टाका नङ काटी शरीर शुद्ध गरी एक छाक मात्र भोजन गर्नुपर्दछ। पौष शुक्ल पूर्णिमाका दिन बिहान सबेरै उठी पवित्र नदी, खोला, तलाउ वा घरमै स्नान गरी शुद्ध वस्त्र धारण गरिन्छ।

पूजा स्थल सफा गरी तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवा वा माटोले शिवलिङ्ग स्थापना गरिन्छ। तिल, जौ, कुश, अक्षता, बेलपत्र, जनै, सुपारी, पान, धूप, दीप, फलफूल र नैवेद्यको व्यवस्था गरिन्छ। त्यसपछि “आजदेखि म एक महिनासम्म श्रीस्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्दछु” भनी दृढ सङ्कल्प गरी व्रत सुरु गरिन्छ।

व्रत अवधिभर प्रत्येक दिन सूर्य उदय हुनुअघि स्नान गरी नित्यकर्म गर्नुपर्ने मान्यता छ। बिहान पूजा, मध्यान्हपछि कथा श्रवण र साँझ पुनः ध्यान गर्ने परम्परा रहिआएको छ। व्रत बस्ने व्यक्तिले झगडा नगर्ने, दुर्वचन नबोल्ने, नकारात्मक सोच नराख्ने तथा असत्य मार्गबाट टाढा रहने प्रयास गर्नुपर्ने शास्त्रीय निर्देश छ।

व्रतको क्रममा रजस्वला भएमा शास्त्रीय नियमअनुसार पाँच दिनसम्म पूजा स्थगित गरी शुद्ध भएपछि पुनः पूजा सुरु गर्नुपर्ने व्यवस्था छ, जसलाई धार्मिक शुद्धता र अनुशासनको प्रतीक मानिन्छ।

व्रत अवधिभर दीप, कलश, गणेश, शिव तथा श्रीस्वस्थानी माताको पूजा गरिन्छ। वैदिक मन्त्रोच्चारणसहित गरिने पूजाबाट मन, वचन र कर्मले जानी–नजानी गरिएका पाप नाश भई आत्मा शुद्ध हुने धार्मिक विश्वास रहेको छ।

समापन विधि र विशेष पूजा

माघ शुक्ल पूर्णिमाका दिन १०८ रोटी, १०८ अक्षता, १०८ यज्ञसूत्र, १०८ बेलिपुष्प, १०८ पान, १०८ कुड्का सुपारी, जौ, तिल, फलफूललगायत १०८ सगुनसहित नाना उपचार तयार गरिन्छ। आर्शीमा ॐकार लेखी गङ्गाजलले स्नान गराई श्रीखण्ड, रक्तचन्दन, अबिर, पुष्पमाला चढाई धूप–दीप, नैवेद्य, वस्त्र र भेटी अर्पण गरिन्छ।

पूजा सम्पन्न भएपछि अर्घ र प्रसाद निकालेर अष्टोत्तर विधिअनुसार सयमा आठ रोटी, आठ अक्षता, आठ पुष्प, आठ पान र आठ कुड्का सुपारी सगुनसहित पतिलाई दिने चलन छ। पति नभए छोरालाई, छोरो पनि नभए मित छोरालाई दिने परम्परा रहेको छ। ती पनि नभए आफूले जुन मनोकामनाले व्रत गरेको हो, त्यो पूरा होस् भनी खोलामा बगाइदिने शास्त्रीय विधान छ। सय रोटी व्रतालुले फलाहार गर्ने र राति जाग्राम बस्नुपर्ने उल्लेख शास्त्रमा गरिएको छ।

श्रीस्वस्थानी व्रतसँग सम्बन्धित विभिन्न पौराणिक कथाहरू—पार्वती, नागिनी, गोमा ब्राह्मणी, नवराज तथा चन्द्रवतीका कथाहरू—यस व्रतको महत्त्व र प्रभावको उदाहरणका रूपमा वर्णन गरिएका छन्।

यसै सन्दर्भमा काठमाडौँको उत्तर–पूर्व क्षेत्रमा पर्ने शाली नदीमा माघ महिनाभर माधवनारायणको एक महिने मेला लाग्ने गर्दछ। माघ महिनामा यहाँ स्नान गर्दा पाप पखालिई पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ देशका विभिन्न स्थानबाट लाखौँ भक्तजन सहभागी हुने गर्दछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending