Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

खबरडबली संवाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज बजारमा गोलभेँडा, आलु, प्याजदेखि लिएर फलफूल, सागसब्जी र मसलासम्मका वस्तुको मूल्य तोकिएको हो।

समितिले निर्धारण गरेको मूल्यअनुसार गोलभेँडा ठूलो (नेपाली) र ठूलो (भारतीय) दुवैको प्रतिकिलो रु १२० रहेको छ। गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, सानो (टनेल) रु १००, सानो (भारतीय) र सानो (तराई) प्रतिकिलो रु ९६ कायम गरिएको छ। आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु २७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ तोकिएको छ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) रु ६५, बन्दा (लोकल) रु ४५, बन्दा (तराई) रु ३५, बन्दा (नरिवल) रु ४०, काउली स्थानीय रु ७०, काउली स्थानीय (ज्यापू) रु ८० र काउली तराई रु ५५ निर्धारण गरिएको छ। रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) रु २०, सेतो मूला (हाइब्रिड) रु ३०, भन्टा लाम्चो रु ६०, भन्टा डल्लो रु ७० र मकै बोडी रु ६० कायम गरिएको छ।

त्यसैगरी, मटरकोसा र घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) रु ९०, घिउ सिमी (राजमा) रु १५०, टाटे सिमी रु ८०, तिते करेला रु ११०, लौका रु ७०, परबर (तराई) रु १६०, घिरौँला रु ११०, फर्सी पाकेको तथा हरियो फर्सी (लाम्चो र डल्लो) सबै प्रतिकिलो रु ४० तोकिएको छ। सलगम रु ९०, भिन्डी रु ११०, सखरखण्ड रु ८०, बरेला रु ७०, पिँडालु रु ९० र स्कुस रु ३० रहेको छ।

सागपाततर्फ रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो रु ८०, चमसुर रु ८०, तोरीको साग रु ५०, मेथीको साग रु ८०, हरियो प्याज रु ६०, बकुला रु ९० र तरुल रु ७० तोकिएको छ। च्याउ (कन्य) रु १२०, च्याउ (डल्ले) रु ४०० र कुरिलो प्रतिकिलो रु २,४०० कायम गरिएको छ।

त्यस्तै, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर रु ८०, रातो बन्दा रु १५०, जिरीको साग रु १५०, गाँठकोभी रु ८५, सेलरी रु ३००, पार्सले रु ७००, सौफको साग रु ८०, पुदिना रु ३००, गान्टेमुला रु ८०, इमली रु १८०, तामा रु १२०, तोफु रु १५० र गुन्द्रुक रु ४०० निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) रु ३५०, केरा (दर्जन) रु २००, कागती रु ९०, अनार रु ३५०, सुन्तला (नेपाली) रु ११०, तरबुजा हरियो रु १००, मौसम रु ११०, जुनार रु १२० र भुइँकटहर प्रतिगोटा रु १५५ तोकिएको छ।

काँक्रो (लोकल) प्रतिकिलो रु ११०, काँक्रो (हाइब्रिड) रु ५०, निबुवा रु ७०, नास्पाती (चाइनिज) रु २३०, मेवा (नेपाली) रु ७०, मेवा (भारतीय) रु १००, लप्सी रु ७५, स्ट्रबेरी रु ५००, किबी रु ३५०, सरिफा रु २०० र एभोकाडो रु ३५० कायम गरिएको छ।

यसैगरी, अमला प्रतिकिलो रु ७५, अदुवा रु ८०, सुकेको खुर्सानी रु ४२०, हरियो खुर्सानी रु १००, हरियो खुर्सानी (बुलेट) रु १२०, हरियो खुर्सानी (अकबरे) रु ४००, हरियो खुर्सानी (माछे) रु १००, भेडे खुर्सानी रु १००, हरियो लसुन रु १०० र हरियो धनियाँ रु ११० तोकिएको छ।

लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ४४०, लसुन सुकेको (नेपाली) रु २८०, छ्यापी सुकेको रु २००, छ्यापी हरियो रु १८०, माछा सुकेको रु १,०००, ताजा माछा (रहु) रु ३४०, ताजा माछा (बचुवा) रु २८०, ताजा माछा (छडी) रु २५०, रूख टमाटर रु २५०, राजा च्याउ रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending