Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

संसद पुन:स्थापना उत्तम विकल्प: प्रदीप ज्ञवाली

खबरडबली संवाददाता

गुल्मी। नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले संसद पुन:स्थापनानै अहिलेको समस्या समाधान गर्ने छिटो र उत्तम विकल्प भएको बताएको छन् । प्रेस चौतारी नेपाल, गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले जेनजीका जायज माग सम्बोधन गर्न संसद आवश्यक पर्ने भएकाले सर्वोच्चले लामो समय मुद्दा अल्झाएर राख्न नहुने बताए।

त्यस्तै, ज्ञवालीले आफुहरु निर्वाचनबाट कहिल्यै भाग्न नखोजेकाले दल र मतदातालाई निर्वाचनमा भयरहित सहभागी बनाउने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए । उनले पाँच सय कैदी र सात सयभन्दा बढी आधुनिक हतियार बाहिर रहेकाले निर्वाचनका उम्मेद्वार केन्द्रित घटना हुने तर्फ सरकार गम्भीर बन्नुपर्ने बताए ।

भर्खरै सम्पन्न पार्टीको महाधिवेशनलाई ज्ञवालीले पाँच उपलब्धिका रुपमा व्याख्या गरे। उनले गत भदौ २३ र २४ पछि सबैभन्दा बढी प्रहारमा एमाले माथि भएको अवस्थामा तीन महिनामै महाधिवेशन गर्नुनै प्रतिकूलताको सामना गर्ने हिम्मत एमालेसँग भएको पुष्टी गरिएको बताए। एमाले महाधिवेशनको व्यापक जनसहभागिता, नेतृत्व असान्दर्भिक भन्ने हल्ला र बहसकाबित लोकतान्त्रिक विधिबाट नेतृत्व निर्माण, पुस्तान्तरण र हस्तान्तरण कागजमा मात्र नभएर केन्द्रीय कमिटीमा २५ भन्दा बढी युवा समावेश गर्ने तथा विभिन्न धारबाट आएका सबैलाई हार्दिकतापूर्वक स्वीकार गर्नुनै महाधिवेशनको सवैभन्दा ठुलो उपलब्धी भएको ज्ञवालीले बताए ।

ज्ञवालीले यो महाधिवेशन एमालेको आन्तरिक जीवनका लागि मात्रै नभएर देशकै लोकतन्त्रका लागि महत्त्वपूर्ण रहेको बताए। उनले लोकतान्त्रिक पक्षधर एक ठाउँमा उभिने बेला आएकाले कांग्रेसले आन्तरिक समस्या निरुपण गरेर माथि उठ्न सुझाव दिए। पछिल्लो समय नयाँ भन्ने शक्ति एक ठाउँ भएर अनेक जालझेल भइरहेकाले मुख्य दल कमजोर नभएर उपलब्धीको रक्षा गर्नुपर्नेमा ज्ञवालीले जोड दिए। उनले निर्वाचन क्षेत्रभित्रका विकास योजनाको बारेमा नजिकबाट हेरिरहेकाले जनताका आवश्यकताको आधारमा कार्यान्वयनमा रहेका आयोजनालाई पूर्वाग्रह नराखेर अगाडि बढाउनुपर्ने बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमवासीले रास्वपा कार्यालय अगाडि प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा

काठमाडौं । काठमाडौंमा सुकुमवासी बस्ती खाली गराउने सरकारी तयारीसँगै आन्दोलन चर्किएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कार्यालय अग...

सुकुमबासी मोर्चाका अध्यक्ष नारायण परियार पक्राउ

काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा एमाले नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। उनीविरुद्ध दर्ता भएक...

विराटनगरमा फुटपाथ अतिक्रमण हटाउन अभियान सुरु

विराटनगर महानगरपालिकाले बजार क्षेत्रका फुटपाथमा भएको अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। शुक्रबार बिहान उपप्रमुख शिल्पा निरला कार्की सहितको टोलीले उक...

ट्रम्पको ‘नरक’ पोष्टले भारत र अमेरिकाबिच चर्कियो कूटनीतिक विवाद

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद अभिव्यक्तिले भारत-अमेरिका सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ ...

प्रेस काउन्सिलको ध्यानाकर्षण : आचारसंहिता उल्लंघनमा चेतावनी

काठमाडौँ। प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमनका क्रममा पत्रकार आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएको भन्दै...

सुनचाँदीको मूल्य आज पनि ह्वात्तै घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु ७५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महा...

नेपाल राष्ट्र बैंकद्वारा एक खर्ब २० अर्ब निक्षेप संकलन गरिने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब २० अर्ब रुपियाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकले १९ दिनका लागि उक्त रकम संकलन गर्न बोलकबोल आ...

थापाथलीका सुकुमवासी बस्ती खाली गर्न थाले, संरचना हटाउने तयारी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुमवासीहरूले आफू बसेका घरहरू खाली गर्न थालेका छन्। सरकारले बस्तीका संरचना भत...

हिरासतमा श्रीकृष्ण विकको मृत्यु: सिन्धुलीमा रास्वपा सांसदको धर्ना

काठमाडौं । सिन्धुलीमा २२ वर्षीय श्रीकृष्ण विकको हिरासतमा मृत्यु भएको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू तथा दलित अधिकारकर्म...

आइतबार पनि विद्यालय सञ्चालन

खोटाङ। सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि खोटाङको खोटेहाङ गाउँपालिकाले सो दिन विद्यालय सञ्चालन गर्ने भएको छ ।  सरकारको मन्त्रीपरिषद्को बैठकले शन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending