Khabar Dabali २१ पुष २०८२ सोमबार | 5th January, 2026 Mon
Investment bank

संसद पुन:स्थापना उत्तम विकल्प: प्रदीप ज्ञवाली

खबरडबली संवाददाता

गुल्मी। नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले संसद पुन:स्थापनानै अहिलेको समस्या समाधान गर्ने छिटो र उत्तम विकल्प भएको बताएको छन् । प्रेस चौतारी नेपाल, गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले जेनजीका जायज माग सम्बोधन गर्न संसद आवश्यक पर्ने भएकाले सर्वोच्चले लामो समय मुद्दा अल्झाएर राख्न नहुने बताए।

त्यस्तै, ज्ञवालीले आफुहरु निर्वाचनबाट कहिल्यै भाग्न नखोजेकाले दल र मतदातालाई निर्वाचनमा भयरहित सहभागी बनाउने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए । उनले पाँच सय कैदी र सात सयभन्दा बढी आधुनिक हतियार बाहिर रहेकाले निर्वाचनका उम्मेद्वार केन्द्रित घटना हुने तर्फ सरकार गम्भीर बन्नुपर्ने बताए ।

भर्खरै सम्पन्न पार्टीको महाधिवेशनलाई ज्ञवालीले पाँच उपलब्धिका रुपमा व्याख्या गरे। उनले गत भदौ २३ र २४ पछि सबैभन्दा बढी प्रहारमा एमाले माथि भएको अवस्थामा तीन महिनामै महाधिवेशन गर्नुनै प्रतिकूलताको सामना गर्ने हिम्मत एमालेसँग भएको पुष्टी गरिएको बताए। एमाले महाधिवेशनको व्यापक जनसहभागिता, नेतृत्व असान्दर्भिक भन्ने हल्ला र बहसकाबित लोकतान्त्रिक विधिबाट नेतृत्व निर्माण, पुस्तान्तरण र हस्तान्तरण कागजमा मात्र नभएर केन्द्रीय कमिटीमा २५ भन्दा बढी युवा समावेश गर्ने तथा विभिन्न धारबाट आएका सबैलाई हार्दिकतापूर्वक स्वीकार गर्नुनै महाधिवेशनको सवैभन्दा ठुलो उपलब्धी भएको ज्ञवालीले बताए ।

ज्ञवालीले यो महाधिवेशन एमालेको आन्तरिक जीवनका लागि मात्रै नभएर देशकै लोकतन्त्रका लागि महत्त्वपूर्ण रहेको बताए। उनले लोकतान्त्रिक पक्षधर एक ठाउँमा उभिने बेला आएकाले कांग्रेसले आन्तरिक समस्या निरुपण गरेर माथि उठ्न सुझाव दिए। पछिल्लो समय नयाँ भन्ने शक्ति एक ठाउँ भएर अनेक जालझेल भइरहेकाले मुख्य दल कमजोर नभएर उपलब्धीको रक्षा गर्नुपर्नेमा ज्ञवालीले जोड दिए। उनले निर्वाचन क्षेत्रभित्रका विकास योजनाको बारेमा नजिकबाट हेरिरहेकाले जनताका आवश्यकताको आधारमा कार्यान्वयनमा रहेका आयोजनालाई पूर्वाग्रह नराखेर अगाडि बढाउनुपर्ने बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ। मुख्यसचिव कृष्णप...

निर्वाचन आयोगद्वारा समानुपातिक बन्दसूचीको रुजु, २७ गतेसम्म त्रुटि सच्याउन दललाई पत्र

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचीको समीक्षा (रुजु) सम्पन्न गरेको छ। आयोगका निर्देशक पूर्णबहादुर घर्तीमगरक...

रास्वपाले प्रतिनिधिसभा उम्मेदवार छनोटका लागि स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि उपसमिति गठन गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्य...

बाजुराको बुढीगंगा नगर भवन निर्माण ठेक्का: तीन करोड २७ लाखको भ्रष्टाचार मुद्दा

तत्कालीन मेयरसहित १४ जनाविरुद्ध मुद्दा दायर

अमेरिकी तेल कम्पनीले भेनेजुएलामा लगानी गर्न पाउने : ट्रम्प

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बता...

विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीबाट एकता प्रक्रियामार्फत आएका सात जना नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।...

कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदनप्रसाद परियारलाई दिएका छन्। आइतबार रा...

सुदूरपश्चिममा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या १२ हजार बढी

कैलाली। सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुष...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, पाँच अर्बमाथीको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घट...

केन्द्रीय सुरक्षा समितिको बैठक जारी

काठमाडौँ। केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ।   देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनमा देखिएका केही सामाजिक र धा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending