Khabar Dabali २२ पुष २०८२ मंगलवार | 6th January, 2026 Tue
Investment bank

अमेरिकी तेल कम्पनीले भेनेजुएलामा लगानी गर्न पाउने : ट्रम्प

खबरडबली संवाददाता

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताएको छ । 

यो घोषणा अमेरिकी सैन्य कारबाहीपछि आएको हो, जसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्क सहर लगिएको थियो ।

अमेरिकी सेनाले शनिबार बिहान काराकासमा हवाई आक्रमण सञ्चालन गरेको थियो । मादुरो दम्पतिलाई नियन्त्रणमा लिएर उनीहरूमाथि लागु औषध तस्करी र हतियारसम्बन्धी मुद्दा चलाइएको छ ।

ट्रम्पले पत्रकार सम्मेलनमा भने,“विश्वकै ठुलो अमेरिकी तेल कम्पनीहरूले अरबौं डलर लगानी गरी तेल पूर्वाधार सुधार गर्ने छन् र यसबाट देशका लागि आम्दानी सिर्जना हुनेछ”, उनले थपे, “भेनेजुएलाको तेलमाथि लागु गरिएको प्रतिबन्ध पूर्ण रूपमा कायम रहने छ ।”

संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा सन् २०१७ मा आर्थिक प्रतिबन्ध र २०१९ मा तेलमाथि प्रतिबन्ध लगाएको थियो । भेनेजुएला दैनिक १० लाख भन्दा कम ब्यारेल तेल उत्पादन गर्छ र यसको अधिकांश कालो बजारमा छूटमा बिक्री हुन्छ । 

ट्रम्पको भनाइ अनुसार, भेनेजुएलाले तेल आम्दानी ‘ड्रग आतङ्कवाद, मानव तस्करी, हत्या र अपहरण’मा खर्च गर्दैछ ।

उहाँको दोस्रो कार्यकालको सुरुवातमा २०२५ मा बहुराष्ट्रिय तेल कम्पनीले भेनेजुएलामा सञ्चालन गर्ने अनुमति दिने लाइसेन्स समाप्त गरिएको थियो । यस क्रममा अमेरिकी कम्पनी चेभ्रोनलाई मात्र विशेष अनुमति दिइएको थियो । चेभ्रोन भेनेजुएलामा राज्य स्वामित्वको पिडिभीएसएसँग साझेदारीमा चार तेल क्षेत्र सञ्चालन गर्दै आएको छ ।

संयुक्त राज्यले प्रतिबन्धित ट्याङ्करहरूको भेनेजुएलासँगको व्यापारमा पनि पूर्ण रोक लगाएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइएईए)का अनुसार भेनेजुएलामा विश्वका तेल भण्डारको करिब १७ प्रतिशत रहेको छ । 

वर्षौंदेखि व्यवस्थापन र भ्रष्टाचारका कारण देश प्रमुख तेल उत्पादक बन्न सकेको छैन ।

विश्लेषकहरूका अनुसार भेनेजुएलाको तेल गुणस्तर कम रहेको र अधिकांश डिजल वा अन्य उपउत्पादनमा प्रयोग हुने भएकोले अमेरिकामा गल्फ अफ मेक्सिको आसपासका रिफाइनरीहरू यस तेललाई प्रशोधन गर्न विशेष डिजाइन गरिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक बन्दसूचीबाट मिलन लिम्बूले लिए नाम फिर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीबाट मिलन लिम्बूले आफ्नो ना...

भक्तपुरमा कन्चटमा गोली हानेर एक युवकद्धारा आत्महत्या

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीमा एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुका अनुसार आफ्नै कन्चटमा ...

टी–२० विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरव : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएको छन् ।  राष्ट्रपति भवन शीतल नि...

रास्वपाको राजनीतिक समायोजन घोषणा सभा जारी, नाउपाका पूर्वनेतृत्व र थरुहट अभियान्ता सहभागी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक समायोजनको घोषणा सभा आयोजना गरेको छ। नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट...

१२ हजार प्यालेस्टिनी बालबालिका वेस्ट ब्याङ्कमा जबरजस्ती विस्थापनको अवस्थामा बाँचिरहेका छन् : युएनआरडब्लुए

न्युयोर्क । इजरायलको चलिरहेको सैन्य कारबाहीको परिणाम स्वरूप १२ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका वेस्ट ब्याङ्कमा “जबरजस्ती विस्थापन”को अवस्थामा बा...

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक जारी

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।  बैठकमा वर्तमान समसा...

सप्तरीको लोखरमका एक सय ५० परिवारलाई कम्बल वितरण

सप्तरी। छिन्नमस्ता गाउँपालिका ५ लोखरमका विपन्न दलित परिवारहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार १ सय ५० परिवारलाई कम्बल वितरण गरेको छ । यस...

प्रधानमन्त्री सुशीला कार्कीसँग अमेरिकी राजदुत थम्पसनको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसनले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेको छिन् । ...

वीरगञ्जमा निषेधाज्ञालाई बेवास्ता गर्दै प्रदर्शन, प्रहरी र हिन्दुवादी संगठनबीच झडप

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेदेखि वीरगञ्ज महानगरका विभिन्न संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरेलगत्तै प्रहरी र हिन्दु...

भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीमा ३२ क्युबाली अधिकारीको मृत्यु

भेनेजुएला। क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारवाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको पहिलो पटक आधिकारिक रूपमा पुष्टि गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending