उर्लाबारी। निर्माणधीन पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपाखेरी–पथरी खण्डमा पर्ने मोरङ्गी खोलाको पुल भाँसिएपछि राजमार्ग अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालका अनुसार मोरङ्गी पुलको दक्षिण पश्चिम भागमा काम भइरहेको बेला पुल र सडकसँग जोडिएको माटो बगेपछि पुलको दक्षिणी भाग भाँसिएको छ । आइतबार साँझ ६:३० बजेतिर काम गर्दा गर्दै पुल भासिएपछि प्रहरीले ठुला सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । हाल पुलको उत्तर तर्फबाट एकतर्फि साना सवारी साधनलाई मात्र सञ्चालन भइरहेको छ ।
पूर्वबाट पश्चिम जाने ठुला सवारी साधनहरू पथरीबाट १० किमी उत्तर जाँते पुगेर मदन भण्डारी राजमार्ग हुँदै लेटाङ पुग्ने र त्यहाँबाट दक्षिण कानेपोखरी आएर निर्माणधीन सडकमा जोडिएका छन् । पश्चिमबाट पूर्व आउने सडक कानेपोखरीबाट उत्तर गई जाँते पुगेर दक्षिण आई पथरीमा जोडिएका छन् ।
काकरभिट्टा लौकही सडक योजना पश्चिम खण्ड कार्यालय इटहरीका आयोजना प्रमुख जगत प्रजापतिले जमीन सतहबाट निक्कै उचाइमा पुल रहेकोले काम गर्ने क्रममा माटो बगेको बताए । जमीन सतहबाट १९र२० फिट उचाईमा पुल छ । माटो पनि खुकुलो रहेछ, त्यसैले माटो बगेपछि पुल भासियो । उनले आइतबार राति देखि नै ठुला सवारी साधन वैकल्पिक मार्गबाट आवतजावत गरिरहेको र पुलको दक्षिण तर्फबाट डाइभर्सन खोल्ने काम भइरहेको बताए ।
स्थानीय कुलबहादुर कट्वालले भने, ‘‘२०२८ सालमा सडकको नक्सा भित्र पुल निर्माण गर्न नसकेर पुल दक्षिण सारेर निर्माण गरिएको थियो ।’’
बाह्रै महिना पानी नसुक्ने मोरङ्गी खोलाको राजमार्ग आसापासको माटो अत्यन्तै खुकुलो रहेको र जमीन मुनि पानीको सतह धेरै माथि रहेकोले काम गर्न उसबेला पनि जोखिम भएको स्थानीय बुढापाका बताउछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - १७:२५
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्ल...
पौष २२ गते, २०८२ - १६:४६
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार स...
पौष २२ गते, २०८२ - १६:२८
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको एक करोड ४८ ...
पौष २२ गते, २०८२ - १६:२१
काठमाडौँ । काठमाडौँ महानगरपालिका–स्थित गैरीगाउँमा मंगलबार भीषण आगलागी भएको छ। गैरीगाउँमा रहेको एक कारखानाको छेउमा बनाइएको टहरोमा आगलागी भएपछि आगो नियन...
पौष २२ गते, २०८२ - १६:०९
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक...
पौष २२ गते, २०८२ - १५:४७
काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आग...
पौष २२ गते, २०८२ - १५:४१
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद सर्वपक्षीय बैठकमार्फत समाधान भएको छ। मंगलबार पर्सा जिल्ला प्रशासन कार्यालयमा...
पौष २२ गते, २०८२ - १५:२६
काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएको छन् । आज...
पौष २२ गते, २०८२ - १५:१८
काठमाडौँ। नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गर...
पौष २२ गते, २०८२ - १५:११
काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते घटनाको जाँचबुझ आयोगलाई लिखित जवाफ पेस गरेका छन्। आयोग प्रवक्ता विज्ञानराज शर्माका अ...




प्रतिकृया लेख्नुहोस्: