काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्लेषण, मूल्याङ्कन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको छन्।
मङ्गलवार गृहमन्त्री अर्यालको अध्यक्षता तथा गृह सचिव राज कुमार श्रेष्ठको उपस्थितिमा विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा सातै प्रदेशका प्रमुख सचिव तथा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरू र सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिबीच भएको छलफलका क्रममा मन्त्री अर्यालले सम्बन्धित निकायलाई सो निर्देशन दिएको हो।
उक्त छलफलमा गृहमन्त्री अर्यालले, कानुनले दिएको अधिकार, व्यवहार र हाम्रा असल अभ्यासलाई समेत मनन गरी कर्मचारी र सुरक्षा निकायको मनोबल उच्च बनाई निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश प्रमुख सचिव तथा सचिवहरूले निर्वाह गर्नु पर्ने प्रभावकारी भूमिकाका विषयमा जोड दिए।
सम्पूर्ण कर्मचारीहरूले प्रशासकको भूमिका भन्दा पनि सहजकर्ता, समन्वयकर्ता एवंम उत्प्रेरकको भूमिका निर्वाह गर्नु अहिलेको आवश्यकता भएको बताउँदै मन्त्री अर्यालले भन्नु भयो, तपाईंहरू आफूले प्राप्त गरेको प्रशासकीय अधिकारलाई र आफ्नो निर्णयको शक्तिलाई बोध गरेर प्रदेश र सङ्घबीच समन्वयात्मक भूमिका खेल्दै निर्वाचनलाई सफल पार्न लागिपर्नुस् सुरक्षा संयन्त्रहरू चुस्त र मजबुत बनाउनु पर्ने धारणा राख्दै, गृहमन्त्री अर्यालले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, सहयोग र समन्वय कायम गरी समाजलाई थप गतिशील र प्रभावकारी बनाउने विषयमा जोड दिए। त्यस्तै संविधानको मर्म अनुरूप तिनै तहबीच सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्तको आधारमा सङ्घीयतामा सुरक्षाको विषयलाई केन्द्रबिन्दुमा राखेर सङ्घ र प्रदेशको सम्बन्ध, सम्पर्क बढाई असल अभ्यासलाई अझ सुदृढ बनाउनु पर्ने धारणा राखे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १८:१५
काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...
बैशाख ७ गते, २०८३ - १८:०५
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...
बैशाख ७ गते, २०८३ - १७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...


प्रतिकृया लेख्नुहोस्: