काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभामा एमालेसँगको गठबन्धन र उम्मेदवार चयन प्रक्रियाप्रति फरक मत राखेका छन्।
सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बुधबार गरेको निर्णयप्रति असहमति जनाउँदै थापाले केन्द्रीय समिति र संसदीय बोर्डको मानमर्दन भएको बताएका छन्। उम्मेदवार छनोटको सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने निर्णयप्रति आफूले आपत्ति जनाएको उनले स्पष्ट पारे।
थापाले एमालेसँगको तालमेलको सैद्धान्तिक आधार स्पष्ट नरहेको उल्लेख गर्दै कार्यसम्पादन समितिको निर्णयको स्वामित्व नलिने बताएका छन्। महत्त्वपूर्ण निर्णयमा आफूलाई जानकारी नदिई सीमित व्यक्तिले निर्णय गरेको आरोप पनि उनले लगाए।
‘आज राष्ट्रियसभा उम्मेदवार जसरी चयन गरियो यो केन्द्रीय समितिको पनि मानमर्दन भयो, संसदीय बोर्डको पनि मानमर्दन भयो,’ बैठकपछि उनले भने, ‘त्यसैले महामन्त्रीको रूपमा संसदीय बोर्ड र केन्द्रीय कार्यसमितिको मानमर्दन गरेको कुरामा कम्तीमा मेरो ठाउँबाट मैले लिखित फरक मत राखेँ ।’ ‘उम्मेदवारी चयनका सन्दर्भमा हिजो सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने निर्णय गरियो । मैले नै त्यो प्रस्ताव केन्द्रीय समिति छ, संसदीय बोर्ड छ, समितिको मानमर्दन यो हदसम्म त नगरौं न भन्ने राखेर मैले नै आपत्ति प्रकट गरेका थिएँ,’ थापाले भने, ‘त्यसकारणले आजको बैठक राखियो । तर, आजको बैठकमा यहाँ रमाइलो के भयो भने नाम प्रस्ताव गर्नका लागि यहाँ आइएको छ, तर, नाम प्रस्ताव गर्न बाँकी नै छ । पारित गर्न बाँकी नै छ । उम्मेदवारहरू मनोनयन पत्र बोकेर आ–आफ्नो जिल्ला गइसक्नुभयो ।’
महामन्त्री थापाले कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा आफूले स्वामित्व नलिने पनि बताए । ‘जुन तालमेल गर्ने निर्णय गर्नुभएको छ, तालमेलका लागि जे आधार दिनुभएको छ, ती कुनै पनि निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आएर तर्कपूर्ण छलफल भएर भएको निर्णय होइन,’ महामन्त्री थापाले भने, ‘त्यसकारणले गर्दा यो निर्णयको स्वामित्व हामी लिँदैनौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: