Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

एमालेसँगको गठबन्धन र उम्मेदवार चयनमा गगन थापाको ‘नोट अफ डिसेन्ट’

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभामा एमालेसँगको गठबन्धन र उम्मेदवार चयन प्रक्रियाप्रति फरक मत राखेका छन्।

सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बुधबार गरेको निर्णयप्रति असहमति जनाउँदै थापाले केन्द्रीय समिति र संसदीय बोर्डको मानमर्दन भएको बताएका छन्। उम्मेदवार छनोटको सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने निर्णयप्रति आफूले आपत्ति जनाएको उनले स्पष्ट पारे।

थापाले एमालेसँगको तालमेलको सैद्धान्तिक आधार स्पष्ट नरहेको उल्लेख गर्दै कार्यसम्पादन समितिको निर्णयको स्वामित्व नलिने बताएका छन्। महत्त्वपूर्ण निर्णयमा आफूलाई जानकारी नदिई सीमित व्यक्तिले निर्णय गरेको आरोप पनि उनले लगाए।

‘आज राष्ट्रियसभा उम्मेदवार जसरी चयन गरियो यो केन्द्रीय समितिको पनि मानमर्दन भयो, संसदीय बोर्डको पनि मानमर्दन भयो,’ बैठकपछि उनले भने, ‘त्यसैले महामन्त्रीको रूपमा संसदीय बोर्ड र केन्द्रीय कार्यसमितिको मानमर्दन गरेको कुरामा कम्तीमा मेरो ठाउँबाट मैले लिखित फरक मत राखेँ ।’ ‘उम्मेदवारी चयनका सन्दर्भमा हिजो सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने निर्णय गरियो । मैले नै त्यो प्रस्ताव केन्द्रीय समिति छ, संसदीय बोर्ड छ, समितिको मानमर्दन यो हदसम्म त नगरौं न भन्ने राखेर मैले नै आपत्ति प्रकट गरेका थिएँ,’ थापाले भने, ‘त्यसकारणले आजको बैठक राखियो । तर, आजको बैठकमा यहाँ रमाइलो के भयो भने नाम प्रस्ताव गर्नका लागि यहाँ आइएको छ, तर, नाम प्रस्ताव गर्न बाँकी नै छ । पारित गर्न बाँकी नै छ । उम्मेदवारहरू मनोनयन पत्र बोकेर आ–आफ्नो जिल्ला गइसक्नुभयो ।’

महामन्त्री थापाले कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा आफूले स्वामित्व नलिने पनि बताए । ‘जुन तालमेल गर्ने निर्णय गर्नुभएको छ, तालमेलका लागि जे आधार दिनुभएको छ, ती कुनै पनि निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आएर तर्कपूर्ण छलफल भएर भएको निर्णय होइन,’ महामन्त्री थापाले भने, ‘त्यसकारणले गर्दा यो निर्णयको स्वामित्व हामी लिँदैनौं ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन सुरक्षित र निष्पक्ष ढंगले हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएको छन्।  बिहीबार काठमाडौंमा आयोजित एक कार्...

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस, कुन क्षेत्रबाट को ?

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । ...

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने

नारायणगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी...

पाँच वर्षमा एउटा कानुन बनाउनेलाई फेरि भोट हाल्न जाँदा हात काम्नुपर्छ: मन्त्री सिन्हा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र काम गर्न सक्ने जनप्रतिनिधि मात्र चुन्न आग्र...

विशेष महाधिवेशन गराउन निर्देशन दिन माग गर्दै महाधिवेशन पक्षधरको पत्र आयोगमा

पार्टीको आन्तरिक झगडामा प्रवेश नगर्ने आयोगको जवाफ

जेनजी आन्दोलनबाट ८४ अर्बभन्दा बढी क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब आवश्यक

काठमाडौं । गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण, मर्मत तथा नयाँ संरचना निर्माणका लागि ३६ अर्ब ३० करोड रुप...

नमूना मतपत्र छपाइ सुरु

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि नमुना मतपत्र छाप्न सुरु गरेको छ ।  पहिलो हुने निर्वाचित हुने ...

ईश्वर पोखरेलसहित एमाले ओखलढुङ्गाबाट पाँच जना सिफारिस

ओखलढुङ्गा। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको ...

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

ढाका। बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान म...

'साल्ट लेक सिटी'मा गोली चल्दा दुई जनाको मृत्यु, अन्य घाइते

वासिङ्टन। उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending