Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

सुनसरीमा ३६ हजार चार जना मतदाता थपिए

खबरडबली संवाददाता

इनरुवा। सुनसरीमा अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाँच लाख ८० हजार ९४५ मतदाता मतदान गर्ने भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

गत निर्वाचनमा कुल पाँच लाख ४४ हजार ९ सय ४१ मतदाता रहेकोमा यस पटक ३६ हजार चार जना मतदाता थपिएकोले पाँच लाख ८० हजार ९४५ मतदाता मतदान गर्ने  भएको हो ।

कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा क्षेत्र नम्बर २ मा सर्वाधिक एक लाख ५८ हजार ९१० जना मतदाता रहेका छन्। यस क्षेत्र अन्तर्गत प्रदेश सभा तर्फ (१) मा इटहरी उपमहानगरपालिकाको विभिन्न १० वटा वडा, रामधुनी नगरपालिकाको दुई वटा वडा र प्रदेश सभा (२) मा इनरुवा नगरपालिकाको विभिन्न ६ वटा वडा, देवानगन्ज गाउँपालिकाका सबै वडा, रामधुनी नगरपालिकाको ४ वटा वडा र हरिनगरा गाँउपालिकाको ३ नम्बर वडाबाट गरी कुल एक लाख ५८ हजार ९१० मतदाता रहेका छन् । यस क्षेत्रमा ४० स्थानमा १६७ वटा मतदान केन्द्र तोकिएको छ । 

पाैडेलले दिनुभएको जानकारी अनुसार सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा कुल एक लाख ५० हजार ३९३ मतदाता रहेका छन् । सो क्षेत्रको प्रदेश सभा (१)मा धरान उपमहानगरपालिकाको विभिन्न १५ वटा वडा र प्रदेश सभा (२) तर्फ धरानकै ५ वटा वडा, वराहक्षेत्र नगरपालिकाको ५ वटा वडा, र रामधुनी नगरपालिकाको २ वटा वडाबाट गरी कुल एक लाख ५० हजार ३९३ मतदाता सङ्ख्या रहेका छन् । यस क्षेत्रमा ४१ स्थानमा १६१ वटा मतदान केन्द्र तोकिएको छ । 

जिल्लामा सबैभन्दा कम मतदाता सङ्ख्या क्षेत्र नम्बर ३ मा रहेको कार्यालयले जनाएको छ । कार्यालयले सो क्षेत्रमा कुल एक लाख ३४ हजार ३०२ मतदाता रहेको जनाएको छ । जसमा प्रदेश (१) तर्फ इटहरी उपमहानगरपालिकाको विभिन्न १० वटा वडा, इनरुवाको वडा ७, गढी गाँउपालिकाको १ नम्बर वडा र दुहबी नगरपालिकाको ५ वटा वडा र प्रदेश सभा (२) तर्फ गढी गाँउपालिकाको ५ वटा वडा, दुहबी नगरपालिकाको ७ वटा वडा र बर्जु गाँउपालिकाका सबै सबैबाट एक लाख ३४ हजार ३०२ मतदाता सङ्ख्या छन् । यस क्षेत्रमा ४४ स्थानमा १४६ वटा मतदान केन्द्र तोकिएको छ । 

त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ को लागि एक लाख ३७ हजार ३४० मतदाता रहेको कार्यालयले जनाएको छ । यसको प्रदेश सभा (१) मा कोशी गाउँपालिका, रामधुनी नगरपालिकाको ४ नम्बर वडा र वराह नगरपालिकाको विभिन्न ६ वटा वडा छन् ।

त्यसैगरी, प्रदेश सभा (२) तर्फ इनरुवा नगरपालिकाको ३ वटा वडा, भोक्राह नरसिंह गाउँपालिकाका सबै वडा र हरिनगरा गाँउपालिकाको विभिन्न ६ वटा वडाका मतदाताले मतदान गर्ने भएका छन् । यस क्षेत्रमा ४२ स्थानमा १५० वटा मतदान केन्द्र तोकिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending