Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

रास्वपाबाट लमजुङमा धर्म केसी एकल उमेदवार सिफारिस

खबरडबली संवाददाता

लमजुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फको उम्मेदवारमा संस्थापक जिल्ला अध्यक्ष एवं केन्द्रीय संगठन विभागका सदस्य इन्जिनियर धर्म के.सी.लाई सिफारिस गरेको छ।

रास्वपा लमजुङको सोमबार बसेको बैठकले केसीलाई आगामी प्रतिनिधि सभा निर्वाचनमा लमजुङबाट एकल उमेदवारको रुपमा सिफारिस गरेको हो। पार्टीका गण्डकी प्रदेश समितिका सदस्यको उपस्थितिमा जिल्ला कार्य समिति, अधिवेशन सम्पन्न भएका तथा तदर्थ समिति रहेका पालिका तथा वडा समिति र जिल्लामा गठन भएका विभिन्न तहगत समितिहरुको संयुक्त बैठकले केसीलार्ई सर्वसम्मत एकल उमेदवारका रूपमा सिफारिस गरिएको जिल्ला सभापति अशोक सापकोटाले जानकारी दिए। 

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि केसी लमजुङबाट रास्वपाको प्रत्यक्ष तर्फको उमेदवार थिए। सो निर्वाचनमा केसीले तेस्रो स्थानमा रहँदै ९ हजार २९ मत पाएको थिए।

उज्यालो नेपाल पार्टी पनि रास्वपामा समाहित भएपछि सो पार्टीका केन्द्रीय सदस्य निर्देश सिलवालले पनि लमजुङबाट उम्मेदवार बन्ने संकेत गरेको छन्। उनले लमजुङबाट उठ्ने संकेत गरेपछि रास्वपा र उज्यालोका नेता तथा कार्यकर्ताहरुको पक्ष र विपक्षमा सामाजिक सञ्जाल तातेको थियो।  सिलवाल २०७४ मा विवेकशील साझाबाट लमजुङमा र २०७९ मा काठमाडौं क्षेत्र नम्बर–६ बाट स्वतन्त्र उम्मेद्वार बनेको थिए। उनले २०७४ मा लमजुङमा ६१८ र २०७९ मा काठमाण्डौं–६ मा १२७ मत प्राप्त गरेको थिए।  

जिल्लाले केसीलाई एकल उम्मेदवार सिफारिस गरेपछि रास्वपाका केन्द्रीय प्रवास विभाग सचिव पदमराज पन्थीले राष्ट्रिय स्वतन्त्र पार्टीको नीतिबमोजिम कुनै पनि उम्मेदवारलाई जिल्ला वा निर्वाचन क्षेत्रको सिफारिस आवश्यक नपर्ने बताएको छन्। उनले जिल्लाको सिफारिस भन्दै नाम सिफारिस गरिएको विषय पूर्णत गलत भएको सामाजिक सञ्जालमा टिप्पणी गरेको छन्। 

जिल्लाले केसीलाई सिफारिस गरे पनि केन्द्रबाट उज्यालो वा बालेन पक्षकालाई टिकट दिएर पठायो भने समर्थन गरेर अघि बढ्नु पार्टीको दायित्व हुने नेताले बताएका छन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कारसहित दुई कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...

रास्वपाको सचिवालय विस्तार, सागर ढकाल र श्री ज्ञवाली थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...

रास्वपाले संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनको आश्वासन: कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...

उपदान र पेन्सन योजनाका लागि कोष र माइक्रोफाइनान्सबीच सम्झौता

काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending