Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत, ४० दिनका लागि १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना हुने

खबरडबली संवाददाता

काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरिएको जानकारी दिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निर्वाचन प्रहरीका लागि माग गरेको बजेटमा अर्थ मन्त्रालयले सहमति जनाएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले मापदण्ड स्वीकृत गरेका हुन्। स्वीकृत मापदण्डअनुसार ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गरिनेछ।

अर्थ मन्त्रालयले निर्वाचन प्रहरी भर्नाका लागि ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ। सो बजेटअनुसार करिब १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिने प्रहरी प्रधान कार्यालयका एक अधिकृतले जानकारी दिए। निर्वाचन प्रहरी भर्नाका लागि छिट्टै दरखास्त आह्वान गरिने गृह प्रवक्ता काफ्लेले बताए।

निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरीले ४० दिनसम्म सेवा गर्नेछन्। उनीहरूले प्रहरी जवान सरह तलब र रासन सुविधा पाउनेछन् भने यसपटक छुट्टै भत्ता भने दिइने छैन।

सशस्त्र प्रहरी बललाई १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्न आवश्यक बजेटको स्रोत पनि अर्थ मन्त्रालयले सुनिश्चित गरेको छ। सशस्त्र प्रहरीले पहिलो पटक निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो। सशस्त्र प्रहरीतर्फ भर्ना हुने निर्वाचन प्रहरीले पनि ४० दिन काम गर्नेछन् र सशस्त्र प्रहरीका जवान सरह तलब तथा रासन सुविधा पाउनेछन्।

नेपाल प्रहरीले १ लाख ३६ हजार ८११ जना निर्वाचन प्रहरी भर्ना गर्न अनुमति मागेको थियो। तर अर्थ मन्त्रालयले करिब ३ हजार संख्या घटाएर बजेट स्वीकृत गरेको हो। केन्द्रीय सुरक्षा समितिले गत ३० कात्तिकमा निर्वाचनका लागि १ लाख ३० हजार निर्वाचन प्रहरी भर्ना गर्ने निर्णय गरेको थियो। सुरक्षाका चुनौतीलाई ध्यानमा राख्दै थप संख्या आवश्यक रहेको प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पेस गरेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पछिल्लो समय युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दो छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट घटकलाई एकीकृत गर्दै अगाडि बढ्ने प्रक्रिया जारी रहेको बताएक...

निर्वाचन सुरक्षित र निष्पक्ष ढंगले हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएको छन्।  बिहीबार काठमाडौंमा आयोजित एक कार्...

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस, कुन क्षेत्रबाट को ?

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । ...

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने

नारायणगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी...

पाँच वर्षमा एउटा कानुन बनाउनेलाई फेरि भोट हाल्न जाँदा हात काम्नुपर्छ: मन्त्री सिन्हा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र काम गर्न सक्ने जनप्रतिनिधि मात्र चुन्न आग्र...

विशेष महाधिवेशन गराउन निर्देशन दिन माग गर्दै महाधिवेशन पक्षधरको पत्र आयोगमा

पार्टीको आन्तरिक झगडामा प्रवेश नगर्ने आयोगको जवाफ

जेनजी आन्दोलनबाट ८४ अर्बभन्दा बढी क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब आवश्यक

काठमाडौं । गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण, मर्मत तथा नयाँ संरचना निर्माणका लागि ३६ अर्ब ३० करोड रुप...

नमूना मतपत्र छपाइ सुरु

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि नमुना मतपत्र छाप्न सुरु गरेको छ ।  पहिलो हुने निर्वाचित हुने ...

ईश्वर पोखरेलसहित एमाले ओखलढुङ्गाबाट पाँच जना सिफारिस

ओखलढुङ्गा। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको ...

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

ढाका। बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending