Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

कुलमान घिसिङको राजीनामापछि अरू दुई मन्त्री के गर्छन् ?

खबरडबली संवाददाता

काठमाडौं । सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले ११४ दिनपछि पदबाट राजीनामा दिएका छन्।

घिसिङले अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका थिए। प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले मन्त्री घिसिङले राजीनामा बुझाएको बीबीसीलाई बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीमा उपसभापति बन्ने घोषणा भएपछि घिसिङलाई राजीनामा दिन दबाव बढेको थियो।

प्रधानमन्त्री कार्कीले आफ्नो सरकार गठनको पहिलो चरणमा घिसिङलाई महत्त्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारीसहित मन्त्री बनाएकी थिइन्।

लामो समय नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका घिसिङलाई केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले प्राधिकरणको जिम्मेवारीबाट हटाएको थियो। नेपालबाट लोडशेडिङ हटाएको श्रेय दिइने गरेका घिसिङले सरकारमै रहँदा आफ्नो संरक्षणमा उज्यालो नेपाल पार्टी गठन गरेका थिए।

प्रधानमन्त्री कार्कीले घिसिङलाई के भनिन् ?

प्रधानमन्त्री कार्कीले मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकोमा घिसिङलाई बधाई र धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ।

"निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ," प्रधानमन्त्री कार्कीको भनाई उद्धृत गर्दै सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आगामी चुनावमा उम्मेदवार बन्ने चर्चामा रहेका घिसिङको आगामी राजनीतिक जीवन 'थप सफल रहोस् भन्दै' प्रधानमन्त्रीले शुभकामना पनि दिएको सचिवालयले उल्लेख गरेको छ।

एक साताअघि मात्रै उनको पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण घोषणा भएपछि घिसिङलाई रास्वपाको उपसभापति बनाउने सहमति भएको थियो।

लामिछाने र बालेन्द्र शाह (बालेन) सँगै एउटा सहमतिपत्रमा हस्ताक्षर गर्दै घिसिङ रास्वपाको पहिलो वरीयताको उपसभापति बन्न तयार भएका थिए।

राजनीतिक दलको पदाधिकारीमा घिसिङ खुलेर देखिएपछि कतिपयले उनको राजीनामा माग गरेका थिए।

तर मङ्गलवार राजधानीमा भएको एउटा कार्यक्रममा सोधिएको प्रश्नको उत्तर दिने क्रममा मन्त्री घिसिङले सङ्क्षिप्त उत्तर दिए, "आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन।"

खरेल र गुप्ता के भन्छन्

फागुन २१ गतेको चुनाव आउन ५७ दिनमात्र बाँकी रहँदा अन्तरिम सरकारका केही सदस्यले पद छाड्नुपर्ने विषयमा प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमै टिप्पणी गरेको विवरणबारे सम्बन्धित दुई मन्त्रीले बीबीसीलाई बुधवार दिउँसो प्रतिक्रिया दिएका थिए।

ऊर्जामन्त्री रहेका घिसिङजस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पनि निर्वाचनमा उम्मेदवार हुन लागेको भन्दै उनीहरू चुनावी सरकारबाट हट्नुपर्ने चर्चा हुन थालेको छ।

त्यसबारे बुझ्न बीबीसीले खरेल र गुप्तालाई सोध्दा उनीहरूले आफूहरूले चुनावमा भाग लिने कि नलिने भनेर कुनै निर्णय नै नगरेको हुनाले अहिले राजीनामाको प्रसङ्ग असान्दर्भिक भएको बताए।

मन्त्रिपरिषद्मा प्रधानमन्त्री सुशीला कार्कीले के भनेकी थिइन्?

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सोमवारको मन्त्रिपरिषद् बैठकमा राजीनामाको प्रसङ्ग प्रधानमन्त्री सुशीला कार्कीले भन्दा पनि मन्त्री कुलमान घिसिङले पहिले उप्काएका थिए।

"सम्माननीय प्रधानमन्त्रीज्यूले (राजीनामाबारे) भन्नुभएको होइन। माननीय मन्त्री कुलमान घिसिङज्यूको चाहिँ चुनाव लड्ने योजना पनि छ, अनि उहाँले पार्टी लाइनबारे पनि अनौपचारिक रूपमा अघि बढाएको सन्दर्भमा चुनाव लड्ने अवस्थामा राजीनामा गर्ने मनस्थिति बनाउनुभएको हो," मन्त्री खरेलले बीबीसीलाई भने।

"प्रधानमन्त्रीज्यूले चाहिँ चुनाव लड्ने स्पष्ट भइसकेपछि तपाईँले निर्णय गर्नुहोस् भनेर कुलमानज्यूलाई भन्नुभएको हो।"

अर्का मन्त्री बब्लु गुप्ताले पनि प्रधानमन्त्रीले आफूहरूलाई नाम तोकेर केही पनि नभनेको बताए।

"व्यक्ति तोकेर केही भनिएको छैन। के मात्र हो भने पुराना दलहरूले उहाँलाई (यसबारे) दबाव दिएको हुन सक्छ। तर राजीनामा गर वा नगर भनेर केही भनिएको होइन। यो खाली सञ्चारमाध्यममा बेग्लै धारणा निर्माण गर्न खोजेको जस्तो लागेको छ," युवा तथा खेलकुदमन्त्री गुप्ताले बीबीसीलाई भने।

प्रधानमन्त्री कार्कीसँग निकट एक स्रोतले प्रधानमन्त्रीले मन्त्रीहरूको राजीनामा माग्नु वा नमाग्नुभन्दा पनि चुनावी राजनीतिमा सक्रिय हुने व्यक्तिले स्वविवेकमै निर्णय गर्दा उपयुक्त हुने बीबीसीसँग बताए।

मन्त्रीहरूको प्रतिक्रिया कस्तो

नवगठित उज्यालो नेपाल पार्टीको संरक्षकका हैसियतमा घिसिङले गत साता रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकीकरण गर्ने निर्णय गरेका थिए।

मन्त्री जगदीश खरेल र बब्लु गुप्ताले पनि रास्वपाबाट चुनाव लड्न लागेका भनेर चर्चा चलेको थियो। त्यसैकारण उनीहरूले पनि राजीनामा दिनुपर्ने माग उठेको हो।

त्यसबारे दुवै जनाको प्रतिक्रिया लगभग समान रह्यो।

"मैले पटकपटक भनेको छु कि मैले चुनाव उठ्ने अथवा नउठ्ने भनेर केही पनि निर्णय गरेको छैन। कुनै पार्टीमा जाने भन्नेबारे मेरो कुनै वार्ता वा छलफल वा कुनै निर्णय भएको छैन। त्यसैले सञ्चारमाध्यममा आएका कुरा सत्य होइनन्," सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले भने।

"जतिबेला त्यस्तो निर्णय गर्छु त्यतिबेला म सार्वजनिक गरिहाल्छु।"

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू जेन जी समुदायको प्रतिनिधित्व गर्दै मन्त्री बनेको हुँदा अहिले कुनै पार्टीमा सदस्य भइनसकेको बताए।

"मैले रास्वपा वा अरू पार्टीको सदस्यता लिएको पनि छैन। तर किन राजीनामाको कुरा उठिरहेको छ?" उनले उल्टै प्रश्न गरे।

"मैले कसैको झण्डा बोकेर हिँडेको पनि छैन। कुनै निर्णय गरेछु भने बताइहाल्छु।"

कस्तो छ चलन?

चुनावमा उठ्ने निर्णय गर्दैमा कुनै मन्त्रीले राजीनामा दिइहाल्नुपर्ने नियम वा कानुन चाहिँ नभएको जानकारहरू बताउँछन्।

"तर चुनावमा उठ्न चाहनेहरूले राजीनामा दिएकै उचित हो। यो विषय कानुनभन्दा पनि इमानसँग जोडिन्छ," भूतपूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बताए।

"चलन के छ भने यदि कुनै बहालवाला मन्त्री चुनाव उठेका छन् भने तिनले प्रचारप्रसारमा जाँदा सरकारी सुविधा त्यागेर, झण्डा नलिईकन र (सरकारी) सहयोगीबिनै जानुपर्छ।"

निर्वाचन आयोगका भूतपूर्व कार्यवाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङ पनि यसलाई नैतिकताको विषय मान्छन्।

"नियमकानुनले त लाभको पदमा बसेको व्यक्तिले चुनाव उठ्दा पद त्याग्नुपर्ने भन्छ। तर मन्त्रीजस्ता राजनीतिक पदमा यो लागु भएको छैन। विगतमा बहालवाला मन्त्रीहरू नै चुनाव उठेर हारेका उदाहरण थुप्रै छन्। खासमा यो नैतिकताको प्रश्न हो," गुरुङले भने।

"अझ स्वच्छ चुनाव गराउने भनेर गठन भएको चुनावी सरकारको मन्त्रीहरूले यसमा धेरै ध्यान दिनुपर्छ। छाडेकै राम्रो," उनले भने।

निर्वाचन कार्यक्रमअनुसार समानुपातिक तर्फको उम्मेदवारहरूको बन्द सूची आयोगमा बुझाइसकिएको छ। प्रत्यक्ष निर्वाचनतर्फ चाहिँ उम्मेदवारहरूको मनोनयन दर्ता माघ ६ गतेका निम्ति तोकिएको छ भने उम्मेदवारहरूको अन्तिम नामावली माघ ९ गते प्रकाशन हुने जनाइएको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending