Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

पाँच वर्षको दौडधुप र संघर्षपछि मोहनले पाए नेपाली नागरिकता

खबरडबली संवाददाता

नेपालगन्ज। गत पाँच वर्षदेखि नेपाली नागरिकता प्राप्तिका लागि संघर्ष गर्दै आएका कोहलपुर नगरपालिका–११ का मोहन गोडियाले अन्तत: नेपाली नागरिकता प्राप्त गरेको छन्।

नागरिकता प्राप्तिका लागि उहाँले अड्डा–अदालतदेखि गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म धाउनुपरेको थियो । तर विभिन्न निकायबाट आश्वासन मात्रै पाए पनि लामो समयसम्म नागरिकता पाउन सकेको थिएन ।

पाँच वर्षको अथक प्रयासपछि गोडियाले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको हातबाट नागरिकता प्राप्त गरे। नागरिकता पाएपछि उनले भने, “आज मेरो खुसीको कुनै सीमा छैन । पाँच वर्षदेखि जारी नागरिकता प्राप्तिको लडाइँ आज पूरा भएको छ ।”

गोडिया राष्ट्रिय खेलाडी छन्। नागरिकता नहुँदा उनको खेलकुद करिअर अगाडि बढाउन समस्या भइरहेको थियो भने पढाइसमेत प्रभावित भएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन नियमावली चौथोपटक संशोधन भई राजपत्रमा प्रकाशित भएसँगै गोडियालाई नागरिकता प्राप्त गर्ने बाटो खुलेको हो ।

यसअघि जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता भएमा मात्र नागरिकता पाउने कानुनी व्यवस्था थियो । आमा वा बाबुको मृत्यु भएको वा बाबु वेपत्ता भएको अवस्थामा त्यस्ता सन्तान नागरिकताबाट वञ्चित हुँदै आएका थिए । पछिल्लो संशोधनले भने जन्मसिद्ध नागरिकता भएका व्यक्तिका सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छ ।

नेपाली वंशकी महिलाबाट जन्मिएका सन्तान तथा बाबुको पहिचान खुल्न नसकेका कारण नागरिकता नपाएका नागरिकको समस्या पनि नयाँ संशोधनले सम्बोधन गरेको छ । संशोधनअनुसार आमा जीवित रहेको अवस्थामा आमाको स्वघोषणाका आधारमा र आमा निधन भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र पेश गरी नागरिकता लिन सकिने व्यवस्था गरिएको छ ।

गोडियाका पिता लामो समयदेखि सम्पर्कविहीन रहेको छन् । छोराले नागरिकता पाएपछि उनकी आमा माया कुमारी गोडियाले छोराले न्याय पाएको भन्दै खुसी व्यक्त गरे। साथै उनले नयाँ कानुनले नागरिकताविहीन अवस्थामा रहेका धेरै सन्तानले नागरिकता पाउने विश्वास व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...

झापामा च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending