काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएको छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो। उनले जेन–जीहरुलाई भड्काएर हिंसा सिर्जना गर्नेहरु पनि विस्तारै निर्वाचनको पक्षमा आएको बताए।
उनले दण्डहिनता गृह मन्त्रालयले सहन नसक्ने बताए। उनले मिस इन्फरमेसन, डिसइन्फरमेसन केही पनि गर्न सरकारले नदिने जिकिर गरे।
निर्वाचन सुरक्षित, निष्पक्ष ढंगले हुने पनि बताए। मन्त्री अर्यालले निर्वाचन नै एकमात्र र सही विकल्प भएको बताए।
आन्दोलनका क्रममा लुटिएका केही हतियारहरु बाहिर रहेको तर निर्वाचन नै रोकिने गरीकन हतियार बाहिर नरहेको बताए। वर्तमान सरकारलाई अन्तर्राष्ट्रिय समर्थन रहेको बताउँदै कुनैपनि हिसावले अहिलेको सरकार निर्वाचन गराउन सक्षम रहेको बताए। निर्वाचनमा राज्यको लगानी धेरै भइसकेकाले अब फर्किने छुट नरहेको बताए। एक लाख भन्दा बढी निर्वाचन प्रहरीको भर्ना खलाइएको बताए। निर्वाचन अब नरोकिने स्पष्ट पारे।
उनले भने, ‘निर्वाचनको सुरक्षाको विषयवस्तु छ। सरकार निर्वाचनको विषयवस्तुमा जिम्मेवार छ। जेनजी पुस्ता जिम्मेवार छ। जेनजी पुस्ताले अहिले निहुँ खोजेको देख्दिन मैले। कतिपयले ताली बजाउन, हिंसा भड्काउन, कता कता हिँड्न प्रोत्साहन दिए। दण्डहिनता गृह मन्त्रालयले रहन दिँदैन। निर्वाचनको सुरक्षाको लागि आफ्नो तयारी हुनुपर्छ। सुरक्षा सरकारको कर्तव्य हो, स्टेक होल्डरको पनि कर्तव्य हो। सुरक्षामा कुनै कमजोरी छैन। बाहिर अफवाह विभिन्न फैलिएका छन्। तर त्यो अन्तिम सत्य होइन। निर्वाचन सुरक्षित, निष्पक्ष ढंगले हुन्छ।’
मन्त्री अर्यालले आफ्नो पहिलो प्राथमिकता देश र मानवता जोगाउनु रहेको बताए। आफू सही रहेको र नागरिकसँगै रहेको जिकिर गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १८:१५
काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...
बैशाख ७ गते, २०८३ - १८:०५
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...
बैशाख ७ गते, २०८३ - १७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...


प्रतिकृया लेख्नुहोस्: