Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र

काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समूहले महाधिवेशन प्रतिनिधिहरूको आवास तथा खानपान व्यवस्थापनका लागि काठमाडौंका विभिन्न क्षेत्रका होटेलहरू बुक गरेको छ । आयोजक समूहले ठमेल, नक्साल, सुन्धारा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका होटेलहरूमा करिब १५ सय कोठा बुक गरेको जनाएको छ ।

विशेष महाधिवेशन प्रतिनिधिहरूको व्यवस्थापनका लागि गठित आवास तथा खानपान व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार देशभरबाट काठमाडौं आउने प्रतिनिधिहरूलाई सहज रूपमा बसोबास गराउने उद्देश्यले होटेल व्यवस्थापन गरिएको हो ।

‘विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि आवास र खानपान व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलहरूमा १५ सय कोठा बुक गरिसकेका छौँ,’ धमलाले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिहरूको आगमन, बसोबास, आवत–जावत र खानपानलाई व्यवस्थित बनाउने गरी समितिले तयारी अघि बढाएको छ । महाधिवेशनको मिति नजिकिँदै जाँदा काठमाडौंका प्रमुख होटेल क्षेत्रहरूमा कोठा अभाव हुन नदिन अग्रिम बुकिङ गरिएको जनाइएको छ ।

धमलाले विशेष महाधिवेशनसँग सम्बन्धित तयारी, व्यवस्थापनको अवस्था र आगामी कार्ययोजनाबारे भोलि प्रेस मिटमार्फत विस्तृत जानकारी सार्वजनिक गरिने पनि बताए । ‘भोलि पत्रकार सम्मेलन गरेर सबै विवरण सार्वजनिक गर्छौं,’ उनले भने ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र तीव्र राजनीतिक गतिविधि बढिरहेको बेला आवास व्यवस्थापनसम्बन्धी यो तयारीलाई आयोजक समूहको गम्भीरता र तयारीको संकेतका रूपमा हेरिएको छ । विशेष महाधिवेशनको मिति नजिकिँदै जाँदा राजधानीमा कांग्रेससम्बद्ध गतिविधि थप चर्किने देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending