काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समूहले महाधिवेशन प्रतिनिधिहरूको आवास तथा खानपान व्यवस्थापनका लागि काठमाडौंका विभिन्न क्षेत्रका होटेलहरू बुक गरेको छ । आयोजक समूहले ठमेल, नक्साल, सुन्धारा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका होटेलहरूमा करिब १५ सय कोठा बुक गरेको जनाएको छ ।
विशेष महाधिवेशन प्रतिनिधिहरूको व्यवस्थापनका लागि गठित आवास तथा खानपान व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार देशभरबाट काठमाडौं आउने प्रतिनिधिहरूलाई सहज रूपमा बसोबास गराउने उद्देश्यले होटेल व्यवस्थापन गरिएको हो ।
‘विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि आवास र खानपान व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलहरूमा १५ सय कोठा बुक गरिसकेका छौँ,’ धमलाले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिहरूको आगमन, बसोबास, आवत–जावत र खानपानलाई व्यवस्थित बनाउने गरी समितिले तयारी अघि बढाएको छ । महाधिवेशनको मिति नजिकिँदै जाँदा काठमाडौंका प्रमुख होटेल क्षेत्रहरूमा कोठा अभाव हुन नदिन अग्रिम बुकिङ गरिएको जनाइएको छ ।
धमलाले विशेष महाधिवेशनसँग सम्बन्धित तयारी, व्यवस्थापनको अवस्था र आगामी कार्ययोजनाबारे भोलि प्रेस मिटमार्फत विस्तृत जानकारी सार्वजनिक गरिने पनि बताए । ‘भोलि पत्रकार सम्मेलन गरेर सबै विवरण सार्वजनिक गर्छौं,’ उनले भने ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र तीव्र राजनीतिक गतिविधि बढिरहेको बेला आवास व्यवस्थापनसम्बन्धी यो तयारीलाई आयोजक समूहको गम्भीरता र तयारीको संकेतका रूपमा हेरिएको छ । विशेष महाधिवेशनको मिति नजिकिँदै जाँदा राजधानीमा कांग्रेससम्बद्ध गतिविधि थप चर्किने देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १९:२७
काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...
पौष २४ गते, २०८२ - १९:२१
विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक
पौष २४ गते, २०८२ - १९:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...
पौष २४ गते, २०८२ - १९:०४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...
पौष २४ गते, २०८२ - १८:११
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...
पौष २४ गते, २०८२ - १८:०८
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...
पौष २४ गते, २०८२ - १८:०६
जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान
पौष २४ गते, २०८२ - १७:५५
सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी
पौष २४ गते, २०८२ - १७:५३
ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...
पौष २४ गते, २०८२ - १७:४९
काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक




प्रतिकृया लेख्नुहोस्: