Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

रायमाझीको थुनामुक्ति मागमा फेरि कानुनी हलचल, उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

खबरडबली संवाददाता

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री तथा नेकपा (एमाले) नेता टोपबहादुर रायमाझीको थुनामुक्ति मागसम्बन्धी निवेदनमा उच्च अदालत पाटनले कैफियत प्रतिवेदन मगाउने आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले शुक्रबार रायमाझीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो।

रायमाझीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१(२) अनुसार आफूलाई थुनामुक्त गर्नुपर्ने मागसहित जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए। तर जिल्ला अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए।

उक्त दफामा, दफा ६७ वा ६८ अनुसार थुनामा परेको अभियुक्त कसुरदार होइन भन्ने मनासिब आधार देखिएमा मुद्दा जुनसुकै चरणमा पुगेको भए पनि अदालतले थुनाबाट छाड्न सक्ने व्यवस्था छ। यही कानुनी प्रावधान टेकेर रायमाझीले निवेदन दिएका हुन्।

यसअघि २०८० असार १ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध उच्च अदालत पाटन र त्यसपछि सर्वोच्च अदालत पुगेका उनीहरूको निवेदन दुवै अदालतबाट अस्वीकार भएपछि रायमाझी थुनामै रहँदै आएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित ३० जनाविरुद्ध २०८० जेठ १० गते ठगी, किर्ते, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधको कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो।

उच्च अदालतले मागेको कैफियत प्रतिवेदनपछि रायमाझीको थुनामुक्ति मागबारे थप कानुनी बहस अघि बढ्ने देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन ५४ दिन बाँकी : माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यसहित निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी ...

भैरहवामा रुपन्देही–११ को दबदबा कायम, आर्मी ‘ए’ विरुद्ध एकदिवसीय सिरिज कब्जा

भैरहवा। रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गतको एकदिवसीय सिरिजमा रुपन्देही–११ ले उत्कृष्ट...

ई–सेवामार्फत अवैध कारोबार : कम्पनीको प्यान दुरूपयोग गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । कम्पनीको आधिकारिक कागजात दुरूपयोग गर्दै डिजिटल भुक्तानी प्रणाली ‘ई–सेवा’ प्रयोग गरी अवैध रूपमा करोडौँ रुपैयाँको कारोबार गरेको आरोपमा प्रहरी...

कानुनकै पासोमा लोकतन्त्रः जितपछि निलम्बन हुने चुनावी प्रणालीको दोहोरो मापदण्ड

काठमाडौं । लोकतन्त्रको आधार मानिने निर्वाचन प्रणाली आफैँ एउटा गम्भीर विरोधाभासको सिकार बनेको छ। नेपालमा यस्तो अवस्था छ, जहाँ नागरिकले चुनाव लड्न पाउँछ...

नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा पूर्वमन्त्री दाहालको निधन

काठमाडौं। नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा पूर्वमन्त्री होमनाथ दाहालको गए राति निधन भएको छ। केही ...

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, विशेष महाधिवेशन र आन्तरिक संकट मुख्य एजेन्डा

  काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद र विशेष महाधिवेशनसम्बन्धी उत्पन्न परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसमित...

फुटको संघारमा कांग्रेस, रमेश–गगनबीच पनि जुटेन सहमति

काठमाडाैं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधान गर्ने प्रयास असफल देखिएको छ। पार्टी महामन्त्री गगन थापा र संस्थापन पक्षका प्रभावशाल...

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । ह...

झापामा उद्योग र घरमा आगलागी, १ करोड ३० लाखको क्षति

झापा  । झापाको दमक नगरपालिका–९ स्थित स्वस्तिक थुप्पा उद्योग र नजिकैको एक घरमा आगलागी हुँदा करिब रु १ करोड ३० लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending