काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद निकाल्न नपाइने व्यवस्था लागू गरेको छ। अब ५ लाखभन्दा माथिको चेक अनिवार्य एकाउन्ट पेयी हुनुपर्नेछ।
केन्द्रीय बैंकले यसअघि रहेको १० लाखसम्मको नगद कारोबार सीमा घटाएर ५ लाखमा झारेको हो। सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) न्यूनीकरणका लागि नगद कारोबारको सीमा घटाउने निर्णय गरेसँगै राष्ट्र बैंकले चेकमार्फत झिक्न पाइने नगदको सीमा पनि ५ लाखमा कायम गरेको हो।
नयाँ व्यवस्थाअनुसार ५ लाखभन्दा बढी रकम सम्बन्धित व्यक्तिको खातामा मात्र जम्मा गर्न सकिनेछ। कुनै पनि व्यक्ति वा संस्थाले नगद कारोबार गर्दा प्रतिपटक ५ लाखभन्दा कम मात्र नगदमा गर्नुपर्नेछ भने सोभन्दा बढीको कारोबार एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्नेछ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार यो व्यवस्थाले सामाजिक कार्य वा व्यापारमार्फत नगद संकलन गर्ने परिवारलाई असर नगर्ने छ।
केन्द्रीय बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ५ लाख वा सोभन्दा बढीको भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी चेक वा खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ। फर्म, कम्पनी, संस्था वा कार्यालयका नाममा काटिएका चेकको भुक्तानी पनि एकाउन्ट पेयीमै सीमित गरिएको छ।
तर, कुनै निक्षेपकर्ता वा बचतकर्ताले विशेष कारण देखाएर नगद भुक्तानीको निवेदन दिएको अवस्थामा, कारण मनासिब ठहरिए सीमाभन्दा बढी नगद भुक्तानी गर्न सकिने व्यवस्था पनि राखिएको छ। यस्ता भुक्तानीको मासिक विवरण अद्यावधिक गर्नुपर्नेछ।
यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूले पनि ५ लाख वा सोभन्दा बढीको भुक्तानी गर्दा एकाउन्ट पेयी चेकमार्फत मात्र गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।
राष्ट्र बैंकका अनुसार यो कदमले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - १०:१०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यसहित निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी ...
पौष २६ गते, २०८२ - १०:०३
भैरहवा। रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गतको एकदिवसीय सिरिजमा रुपन्देही–११ ले उत्कृष्ट...
पौष २६ गते, २०८२ - ०९:५८
काठमाडौं । कम्पनीको आधिकारिक कागजात दुरूपयोग गर्दै डिजिटल भुक्तानी प्रणाली ‘ई–सेवा’ प्रयोग गरी अवैध रूपमा करोडौँ रुपैयाँको कारोबार गरेको आरोपमा प्रहरी...
पौष २६ गते, २०८२ - ०९:५२
काठमाडौं । लोकतन्त्रको आधार मानिने निर्वाचन प्रणाली आफैँ एउटा गम्भीर विरोधाभासको सिकार बनेको छ। नेपालमा यस्तो अवस्था छ, जहाँ नागरिकले चुनाव लड्न पाउँछ...
पौष २६ गते, २०८२ - ०९:४४
काठमाडौं। नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा पूर्वमन्त्री होमनाथ दाहालको गए राति निधन भएको छ। केही ...
पौष २६ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद र विशेष महाधिवेशनसम्बन्धी उत्पन्न परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसमित...
पौष २६ गते, २०८२ - ०९:३४
काठमाडाैं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधान गर्ने प्रयास असफल देखिएको छ। पार्टी महामन्त्री गगन थापा र संस्थापन पक्षका प्रभावशाल...
पौष २६ गते, २०८२ - ०९:१९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...
पौष २६ गते, २०८२ - ०९:१९
काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । ह...
पौष २५ गते, २०८२ - २०:३७
झापा । झापाको दमक नगरपालिका–९ स्थित स्वस्तिक थुप्पा उद्योग र नजिकैको एक घरमा आगलागी हुँदा करिब रु १ करोड ३० लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहर...




प्रतिकृया लेख्नुहोस्: