काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी (निर्वाचन) प्रहरी भर्ना खुलाएसँगै आवेदन प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ। आवेदन खुलाएकै दिनै काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा आवेदकहरूको लामो लाइन देखिएको छ।
बिहानैदेखि विभिन्न उमेर समूहका युवायुवतीहरू फारम भर्न पुगेका छन्। अधिकांशले ४० दिनको अवधिमा केही आम्दानीको साथै चुनावी अनुभव प्राप्त गर्ने आशा लिएर आवेदन दिएको बताएका छन्। कतिपयले देशको बेरोजगारी समस्या पनि जोड्दै यो छोटो अवधिको रोजगारीले राहत मिल्ने धारणा राखेका छन्।
स्वयम्भुका दिपक पुन मगरले आफ्नो क्याफे व्यवसाय हुँदाहुँदै पनि अनुभव र अतिरिक्त आम्दानीको लागि आवेदन दिएको बताए। खोटाङ घर भई सिनामंगल बस्ने विकास बोगटीले विदेश अध्ययनअघि बेरोजगारीका कारण यो अवसर रोजेको बताए। इलाम घर भई गोकर्णेश्वर बस्ने नरबहादुर योङहाङ लिम्बु छैटौं पटक म्यादी प्रहरीमा आवेदन दिएका हुन् र उनले यसलाई राष्ट्रिय सेवा र शारीरिक व्यायामको अवसरका रूपमा हेरेका छन्।
बालाजुका दिपक देवकोटा र कपनकी अम्बिका खतिवडाजस्ता आवेदकहरूले पनि देशसेवा र प्रहरी अनुभवका लागि आवेदन दिएको बताएका छन्। उनीहरूले यो छोटो अवधिको रोजगारीले बेरोजगारी केही हदसम्म सम्बोधन गर्न सक्ने तर दिगो रोजगारी आवश्यक रहेको बताएका छन्।
नेपाल प्रहरीका अनुसार १८ देखि ६० वर्षसम्मका विभिन्न उमेरका आवेदकहरूले आवेदन दिएका छन् र आवेदन प्रक्रिया जारी रहनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: