सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ)ले देशको विकास र समृद्धिका लागि श्रमदान अनिवार्य रहेको बताएका छन्।
आज इटहरी उपमहानगरपालिका–५ मा आयोजित पार्टीको सङ्गठन विस्तार कार्यक्रममा अध्यक्ष राईले लोकतन्त्र, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै नागरिक सचेत र एकजुट हुनुपर्नेमा जोड दिए। उनले भने, “श्रम, माटो र जनताको प्रत्यक्ष सहभागिताबाट मात्र देशको निरन्तर विकास र समृद्धि सम्भव हुन्छ।”
अध्यक्ष राईले देशको समृद्धि एकता र सहकार्यबाट हासिल हुने धारणा राख्दै भने, “जलेर खरानी भएको हाम्रो देश सबै मिलेर पुनःस्थापना गर्नुपर्छ। भावनामा बहकिएर होइन, देश र जनताको हितमा काम गर्ने र देश बनाउनेलाई आगामी निर्वाचनमा भोट दिनुहोस्।”
उनले आगामी फागुनमा हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सरोकार भएका निकायले विशेष योजनासहित आवश्यक समन्वय गर्नुपर्नेमा पनि जोड दिए। राईले चेतावनी दिंदै भने, “निर्वाचन नहुँदा देशको लोकतन्त्र अपहरणमा पर्छ। लोकतान्त्रिक व्यवस्थाको मूल आधार आवधिक निर्वाचन भएकाले सबैले स्वस्थ सहभागिता जनाउनुपर्छ।”
अध्यक्ष राईले थपे, “भ्रष्टाचार, परम्परागत राजनीति र विदेशी प्रभावप्रति सचेत रहनु आवश्यक छ। देश विकासका लागि कलमले मात्र होइन, गैँटी र बेल्चा चलाएर पनि योगदान दिनुपर्छ। म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्छु।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - १०:१०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यसहित निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी ...
पौष २६ गते, २०८२ - १०:०३
भैरहवा। रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गतको एकदिवसीय सिरिजमा रुपन्देही–११ ले उत्कृष्ट...
पौष २६ गते, २०८२ - ०९:५८
काठमाडौं । कम्पनीको आधिकारिक कागजात दुरूपयोग गर्दै डिजिटल भुक्तानी प्रणाली ‘ई–सेवा’ प्रयोग गरी अवैध रूपमा करोडौँ रुपैयाँको कारोबार गरेको आरोपमा प्रहरी...
पौष २६ गते, २०८२ - ०९:५२
काठमाडौं । लोकतन्त्रको आधार मानिने निर्वाचन प्रणाली आफैँ एउटा गम्भीर विरोधाभासको सिकार बनेको छ। नेपालमा यस्तो अवस्था छ, जहाँ नागरिकले चुनाव लड्न पाउँछ...
पौष २६ गते, २०८२ - ०९:४४
काठमाडौं। नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा पूर्वमन्त्री होमनाथ दाहालको गए राति निधन भएको छ। केही ...
पौष २६ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद र विशेष महाधिवेशनसम्बन्धी उत्पन्न परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसमित...
पौष २६ गते, २०८२ - ०९:३४
काठमाडाैं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधान गर्ने प्रयास असफल देखिएको छ। पार्टी महामन्त्री गगन थापा र संस्थापन पक्षका प्रभावशाल...
पौष २६ गते, २०८२ - ०९:१९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...
पौष २६ गते, २०८२ - ०९:१९
काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । ह...
पौष २५ गते, २०८२ - २०:३७
झापा । झापाको दमक नगरपालिका–९ स्थित स्वस्तिक थुप्पा उद्योग र नजिकैको एक घरमा आगलागी हुँदा करिब रु १ करोड ३० लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहर...




प्रतिकृया लेख्नुहोस्: