काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद र विशेष महाधिवेशनसम्बन्धी उत्पन्न परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
आकस्मिक रूपमा बोलाइएको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्यहरूका साथै सातवटै प्रदेशका सभापतिहरूलाई समेत सहभागी हुन भनिएको छ। बैठकलाई पछिल्लो समय कांग्रेसभित्र देखिएको सबैभन्दा संवेदनशील र निर्णायक बैठकका रूपमा हेरिएको छ।
बैठकको मुख्य एजेन्डा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको प्रक्रिया रहने बताइएको छ। विधानअनुसार माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन नबोलाइएको दाबी गर्दै महामन्त्रीद्वयले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिसकेका छन्। यस कदमले कांग्रेसभित्र संस्थापन र संस्थापन इतर पक्षबीच टकरावलाई अझ तीव्र बनाएको छ।
केन्द्रीय कार्यसम्पादन समिति र संस्थापन पक्षले भने नियमित १५औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य नरहेको अडान लिँदै आएका छन्। पार्टी नेतृत्वले समानान्तर गतिविधिले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने चेतावनी दिइरहेको अवस्थामा आजको बैठकबाट कस्तो निर्णय आउँछ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।
यसैबीच, बैठकमा पार्टीका वरिष्ठ नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा, पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री होमनाथ दाहालको गएराति निधन भएको विषयमा पनि छलफल हुने जनाइएको छ। कांग्रेसले उहाँको योगदानको सम्मानस्वरूप शोक प्रस्ताव पारित गर्ने तथा शोक कार्यक्रम घोषणा गर्ने सम्भावना रहेको बताइएको छ।
विशेष महाधिवेशनको तयारी, पार्टी विधानको व्याख्या, नेतृत्वको वैधानिकता र भावी राजनीतिक दिशाका विषयमा निर्णायक मोडमा पुगेको कांग्रेसका लागि आजको आकस्मिक बैठकलाई अत्यन्त महत्वपूर्ण रूपमा हेरिएको छ। बैठकका निर्णयले पार्टी एकतर्फ सहमतितर्फ जाने कि औपचारिक विभाजनतर्फ धकेलिने भन्ने संकेत दिने विश्लेषकहरूको भनाइ छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: