काठमाडौं । कम्पनीको आधिकारिक कागजात दुरूपयोग गर्दै डिजिटल भुक्तानी प्रणाली ‘ई–सेवा’ प्रयोग गरी अवैध रूपमा करोडौँ रुपैयाँको कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कीर्तिपुर नगरपालिका–७ निवासी १९ वर्षीय क्रमिक उप्रेतीलाई नियन्त्रणमा लिएको हो । कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार निजी कम्पनीको प्यान र अन्य विवरण अनधिकृत रूपमा प्रयोग गरी आर्थिक कारोबार गरिएको उजुरीपछि उप्रेतीमाथि अनुसन्धान अघि बढाइएको थियो ।
प्रहरीका अनुसार उप्रेतीले वाइड–स्पेस इन्टरनेशनल प्राइभेट लिमिटेडको नाममा आन्तरिक राजस्व विभागबाट जारी स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजात दुरूपयोग गरी ई–सेवाको मर्चेन्ट वालेट तथा व्यक्तिगत वालेट सञ्चालन गरेका थिए । ती वालेटमार्फत गैरकानुनी रूपमा ठूलो परिमाणमा रकम संकलन र स्थानान्तरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा ई–सेवा मर्चेन्ट आइडीमार्फत करिब ५६ लाख ३३ हजार रुपैयाँभन्दा बढी र व्यक्तिगत ई–सेवा वालेटमार्फत करिब ५६ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ । यसरी कुल एक करोड १२ लाख रुपैयाँभन्दा बढी रकम सट्टेबाजी तथा अन्य गैरकानुनी प्रयोजनमा प्रयोग गरिएको आशंका गरिएको छ ।
पक्राउका क्रममा उप्रेतीको साथबाट प्रहरीले एक थान ल्यापटप, विभिन्न मोडेलका दुई थान मोबाइल फोन, एनसेलका १६ वटा सिमकार्ड, नमस्तेका तीन वटा सिमकार्ड, एउटा स्मार्ट सिमकार्ड, एक थान पेन ड्राइभ र एक थान मेमोरी कार्ड बरामद गरेको छ ।
प्रहरीले उप्रेतीलाई बैंकिङ कसुर तथा सट्टेबाजीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - २०:५४
डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकामा माेटरसाइकल र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी परशुराम नगरपालिका–१२ का २७ वर्षीय न...
पौष २६ गते, २०८२ - २०:५१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको ...
पौष २६ गते, २०८२ - २०:४७
सप्तरी । पूर्व सांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ । उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारि...
पौष २६ गते, २०८२ - २०:४५
काठमाडौं । पहिलो जनआन्दोलनपछि २०४८ सालमा सम्पन्न आमनिर्वाचनले नेपाली कांग्रेसलाई सत्ताको केन्द्रमा पुर्यायो । ११० सिटसहित कांग्रेस संसद्को सबैभन्दा ठ...
पौष २६ गते, २०८२ - २०:३५
गोपनीयतामाथि गम्भीर हमला’ भन्दै निर्वाचन आयोगलाई डिजिटल अधिकारकर्मीको चेतावनी
पौष २६ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेक...
पौष २६ गते, २०८२ - १८:४५
काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफूहरूको पक्षमा स्पष्ट बहुमत रहेको ...
पौष २६ गते, २०८२ - १८:४३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले अवसरवादी र पलायनवादी राजनीतिलाई अस्वीकार गरेको टिप्पणी गरेका छन...
पौष २६ गते, २०८२ - १८:३८
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय...
पौष २६ गते, २०८२ - १८:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्ने करिब निश्चित...




प्रतिकृया लेख्नुहोस्: