काठमाडौं । कम्पनीको आधिकारिक कागजात दुरूपयोग गर्दै डिजिटल भुक्तानी प्रणाली ‘ई–सेवा’ प्रयोग गरी अवैध रूपमा करोडौँ रुपैयाँको कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कीर्तिपुर नगरपालिका–७ निवासी १९ वर्षीय क्रमिक उप्रेतीलाई नियन्त्रणमा लिएको हो । कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार निजी कम्पनीको प्यान र अन्य विवरण अनधिकृत रूपमा प्रयोग गरी आर्थिक कारोबार गरिएको उजुरीपछि उप्रेतीमाथि अनुसन्धान अघि बढाइएको थियो ।
प्रहरीका अनुसार उप्रेतीले वाइड–स्पेस इन्टरनेशनल प्राइभेट लिमिटेडको नाममा आन्तरिक राजस्व विभागबाट जारी स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजात दुरूपयोग गरी ई–सेवाको मर्चेन्ट वालेट तथा व्यक्तिगत वालेट सञ्चालन गरेका थिए । ती वालेटमार्फत गैरकानुनी रूपमा ठूलो परिमाणमा रकम संकलन र स्थानान्तरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा ई–सेवा मर्चेन्ट आइडीमार्फत करिब ५६ लाख ३३ हजार रुपैयाँभन्दा बढी र व्यक्तिगत ई–सेवा वालेटमार्फत करिब ५६ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ । यसरी कुल एक करोड १२ लाख रुपैयाँभन्दा बढी रकम सट्टेबाजी तथा अन्य गैरकानुनी प्रयोजनमा प्रयोग गरिएको आशंका गरिएको छ ।
पक्राउका क्रममा उप्रेतीको साथबाट प्रहरीले एक थान ल्यापटप, विभिन्न मोडेलका दुई थान मोबाइल फोन, एनसेलका १६ वटा सिमकार्ड, नमस्तेका तीन वटा सिमकार्ड, एउटा स्मार्ट सिमकार्ड, एक थान पेन ड्राइभ र एक थान मेमोरी कार्ड बरामद गरेको छ ।
प्रहरीले उप्रेतीलाई बैंकिङ कसुर तथा सट्टेबाजीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: