Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

प्रचण्डको प्राथमिकता रूकुम,पूर्वी रूकुमबाट चुनाव लड्ने घाेषणा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्ने करिब निश्चित भएको बताएका छन् ।

शनिबार पश्चिम रूकुममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले पूर्वी रूकुमबाट चुनाव लड्ने तयारी अन्तिम चरणमा पुगेको संकेत गरेका हुन् । उनले आफू रूकुमसँग भावनात्मक र राजनीतिक रूपमा गहिरो रूपमा जोडिएको भन्दै दुवै रूकुमलाई समान महत्व दिने स्पष्ट पारे ।

‘हुन सक्छ, म यो निर्वाचन रूकुममैबाट लड्छु,’ प्रचण्डले भने, ‘तर त्यो यही रूकुम मात्रै भन्ने होइन, पूर्वी रूकुम आउने करिब निश्चित भएको छ । पूर्वी रूकुम आएँ भने पश्चिम रूकुम पनि आउने नै हो ।’

उनले पश्चिम रूकुममा पार्टीका उम्मेदवार गोपाल शर्मालाई जिताउन नेता–कार्यकर्तालाई आग्रहसमेत गरे । पश्चिम रूकुम पूर्वमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो । जनार्दन शर्मा हाल नेकपा एकताबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरी राजनीतिक गतिविधिमा सक्रिय छन् ।

पार्टी स्रोतका अनुसार प्रचण्ड पूर्वी रूकुमसहित देशका विभिन्न १० निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन् । उनी कालिकोट, कास्की–३, नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, कैलाली–३ र रूकुम पूर्वबाट उम्मेदवारका रूपमा सिफारिस भएका हुन् । कतिपय स्थानमा उनी एकल रूपमा र कतिपय स्थानमा अन्य नेतासँगै केन्द्रमा सिफारिस भएका छन् ।

प्रचण्डले प्रत्येक निर्वाचनमा फरक–फरक क्षेत्रबाट उम्मेदवारी दिने प्रवृत्तिका कारण ‘निर्वाचन क्षेत्र परिवर्तन गर्ने नेता’को छवि बनाएका छन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० र रोल्पाबाट उम्मेदवार बनेका थिए र दुवै स्थानबाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र सिराहाबाट उम्मेदवार बनेका उनी सिराहाबाट मात्र निर्वाचित भएका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन–३ बाट निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बनेर विजयी भएका थिए ।

आगामी निर्वाचनका लागि पुनः रूकुम केन्द्रित रणनीतिसहित प्रचण्ड मैदानमा उत्रिने संकेतले कर्णाली र मध्यपहाडी राजनीतिक समीकरण थप चासोको विषय बनेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्याक्टर र माेटरसाइकल ठोकिँदा २ युवकको मृत्यु

डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकामा माेटरसाइकल र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी परशुराम नगरपालिका–१२ का २७ वर्षीय न...

विशेष महाधिवेशनको काउन्टडाउन सुरु : भृकुटीमण्डप तयारीले भरियो, गगन–विश्वप्रकाश पक्ष उत्साहित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको ...

पूर्व राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

सप्तरी । पूर्व सांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ । उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारि...

इतिहासले चेताएको कांग्रेस : २०५१ को विभाजनको छायाँमा विशेष महाधिवेशनको बहस

काठमाडौं । पहिलो जनआन्दोलनपछि २०४८ सालमा सम्पन्न आमनिर्वाचनले नेपाली कांग्रेसलाई सत्ताको केन्द्रमा पुर्‍यायो । ११० सिटसहित कांग्रेस संसद्को सबैभन्दा ठ...

मतदाता विवरण बिक्रीको निर्णयविरुद्ध चर्को विरोध

गोपनीयतामाथि गम्भीर हमला’ भन्दै निर्वाचन आयोगलाई डिजिटल अधिकारकर्मीको चेतावनी

‘अन्तर्राष्ट्रिय चलखेल रोक्न फागुन २१ मै चुनाव चाहिन्छ’ — वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेक...

कांग्रेस विशेष महाधिवेशनमा बहुमतको दाबी : ‘६० प्रतिशत प्रतिनिधि हाम्रो पक्षमा’

काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफूहरूको पक्षमा स्पष्ट बहुमत रहेको ...

रुकुमेली जनताले भगौडाको राजनीति अस्वीकार गरे: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले अवसरवादी र पलायनवादी राजनीतिलाई अस्वीकार गरेको टिप्पणी गरेका छन...

उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय...

प्रचण्डको प्राथमिकता रूकुम,पूर्वी रूकुमबाट चुनाव लड्ने घाेषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्ने करिब निश्चित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending